अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा मृत भेटिएका १७ वर्षीय किशोरको हत्या आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । जेठ २१ मा मृत फेला परेका कक्षा १० मा अध्ययनरत बिनोद शाहीको हत्या आरोपमा पीडितले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरीले जाहेरी दर्ता गरेपछि पीडितले शव बुझेका छन् । जिल्ला अस्पतालमा शव पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमको रिपोर्ट