सुर्खेत : कर्णाली प्रदेशमा केन्द्रीय सहमतिअनुसार भागवण्डा मिले पनि स्थानीय तहको चुनावमा भएको धोकाका कारण सत्ता गठबन्धनका दल ढुक्क हुन सकेका छैनन्।एकले अर्कालाई दोष देखाउँदै पन्छिएका सत्ता गठबन्धनभित्रका दलहरू धोका हुने डरले सशंकित भएका छन्। सत्ता गठबन्धनसहित प्रमुख प्रतिपक्ष नेकपा एमालेका गरी ७४ जना उम्मेदवार चुनावी मैदानमा छन्।१० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र छन्। कतै नेकपा माओवादी केन्द्र त कतै नेपाली कांग्रेसले एकले अर्कालाई स्वीकार नगर्ने प्रवृ