जनकपुरधाममा गठबन्धनका उम्मेदवार लालकिशोरले गरे मतदान

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार लालकिशोर साहले मतदान गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बगवानीमा रहेको मतदान स्थलमा पुगेर उनले मतदान गरेका हुन्। उम्मेदवार साह सत्तागठबन्धनको जनता समाजवादी पार्टीबाट मेयरका उम्मेदवार बनेका हुन्। उनी निवर्तमान मेयर समेत हुन्।

सम्बन्धित सामग्री

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग भन, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’ उनी प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार छन् […]

पूर्वमन्त्री मगरले गरिन् मतदान

काठमाडौं, ४ मंसिर । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विना मगरले कञ्चनपुरको पुर्नवास नगरपालिका–३ रामबस्तीमा रहेको गोर्खा आधारभूत विद्यालयमा मतदान गरेकी छिन् । मगर कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्।

मोरङ-३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले गरे मतदान

मोरङ – मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन् । नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदवार बनेका शर्मा नेकपा एमालेका भानुभक्त ढकालसँगको चुनावी प्रतिस्पर्धामा रहेका छन्। शर्मा मेडिकल व्यवसायीका रुपमा परिचित छन्। यस क्षेत्रमा राप्रपाकी उम्मेदवार रेखा थापा पनि चुनावी मैदानमा छिन्।

कैलाली ५ः गठबन्धनका प्रदेश सभा उम्मेदवार पन्तले गरे मतदान

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डिल्लीराज पन्तले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवार रहेका पन्तले त्रिनगर माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्।यस्तै, निवर्तमान प्रदेश सभा सद

मोरङ ३ का कांग्रेस उम्मेदवार सुनिल शर्माले गरे मतदान

विराटनगर : मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार डा. सुनिल शर्माले काकुम मतदानस्थलबाट मतदान गरेका छन्!उनी नेपाली कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार छ। उनको प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकाल छन्।

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो । सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन् । नवनिर्वाचित भोलन दुई हजार १०२ र उपाध्यक्ष घलान दुई हजार ९८३ मतले विजयी भएका हुन् । उनीहरूका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतरमान लोले एक हजार ३५३ र उपाध्यक्ष पदका उम्मेदवार प्रमिला वाइबाले एक हजार ५२८ मत प्राप्त गरेका छन् । उक्त गाउँपालिकाका पाँचओटा वडामध्ये चार वडामा माओवादी र एक वडामा एमाले विजयी भएको छ । माओवादीबाट क्रमशः वडा नं १ मा सोमबहादुर भोलन, २ मा रोशनकुमार भोलन, ४ मा अमृतकुमार वाइबा र ५ मा ज्ञानबहादुर सिंजालीको प्यानल नै विजयी भएको छ । वडा नं ३ मा एमालेका निश्चल सुनुवारको प्यानल विजयी भएको छ । घ्याङलेख गाउँपालिकामा नौ हजार ९७५ मतदाता रहेकामा छ हजार ५२५ मत खसेको थियो । तीन हजार ३९३ पुरुष र तीन हजार १३२ महिलाले वैशाख ३० गते भएको निर्वाचनमा मतदान गरेका थिए । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । रासस

चितवनमा गठबन्धनका उम्मेदवार निर्वाचित हुन्छन् : प्रचण्ड

३० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका स्थानीय तहमा सत्तारुढ दलका उम्मेदवारले जित्नेमा विश्वस्त रहेको बताएका छन् । शुक्रबार भरतपुरमा स्थानीय तहको निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दैै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुनेमा आफू ढुक्क रहेको बताएका हुन् । ‘हामीले विशिष्ट ऐतिहासिक परिस्थितिमा गठबन्धन गरेका छौं, राष्ट्र निकै अप्ठ्यारो भएको […]

वीरेन्द्रनगरका उम्मेदवारले खड्काले गरे मतदान

वीरेन्द्रनगरमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले वीरेन्द्रनगर -६ काे जनमावि विद्यालयकाे मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी साझा गठबन्धनका उम्मेदवार हुन् ।

प्रकाशमान सिंहले भने : देशैभर गठबन्धनका उम्मेदवार विजयी हुन्छन्

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशैभर गठबन्धनका उम्मेदवार विजयी हुने दावी गरेका छन् । काठमाडौंको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग स‌ंक्षिप्त प्रतिक्रिया दिंदै नेता सिहले देशैभर कांग्रेस र गठबन्धनका उम्मेदवारहरु विजयी हुने विश्वास व्यक्त गरे । नयाँ संविधान जारी भएपछि दुई तिहाई भएको सरकारले काम गर्न नसकेको अवस्थामा संविधानलाई ट्र्याकमा राख्न गठबन्धनले काम […]