रूसले उत्तर कोरियाबाट रकेट र हतियार किन्न खोजेको अमेरिकी गुप्तचरको दाबी

न्युयोर्क । रूसले युक्रेन युद्धको लागि उत्तर कोरियाबाट थप रकेट र गोला बारुद किन्न लागेको अमेरिकी गुप्तचर निकायले दाबी गरेको छ ।  रूसले उत्तर कोरियाबाट भविष्यमा थप सैन्य उपकरणहरू किन्न सक्ने अमेरिकी अधिकारीहरुले बताएका हुन् । युद्ध लम्बिने भएकोले उपकरण खरिद गर्न सक्ने अमेरिकी गुप्तचर विभागलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले...

सम्बन्धित सामग्री

अमेरिकाले युक्रेनलाई एफ–१६ लडाकु विमान दिने, रुसले भन्यो– नेटो युद्धमा तानिनेछ

अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार ३७५ मिलियन अमेरिकी डलरको पछिल्लो हतियार सहयोगमा युक्रेनलाई अत्याधुनिक एफ–१६ लडाकु विमान, हिमार्स रकेट प्रणालीहरु सहयोग गरिनेछ ।

रुसलाई हतियार दिएको अमेरिकाको दाबीमा उत्तर कोरियाले के भन्यो ?

उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ । उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको छ । अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए ।त्यसबेला रुसले पनि त्यस्ता समाचारको खण्डन गरेको थियो । दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्

रसियालाई हतियार बिक्री गरेको छैन, अमेरिकाले गलत हल्ला फैलायो : उत्तर कोरिया

उत्तर कोरियाले आफूले कहिल्यै पनि रसियालाई हतियार नबेचेको जनाएको छ। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरेको समाचार सार्वजनिक भएको थियो। उत्तर कोरियाले ती खबरहरु सत्य नभएको भन्दै रसियालाई भविष्यमा पनि हतियार बेच्ने योजना नभएको जनाएको हो। अमेरिकी अधिकारीहरुले रसियालाई यत्तर कोरियाले रकेट र हतियारहरु बिक्री…

रुसले उत्तर कोरियासँग हतियार खरिद गर्दै

काठमाडौं : रुस–युक्रेन युद्ध लम्बिएसँगै रुसले आवश्यक सैन्य उपकरण उत्तर कोरियासँग किन्ने भएको छ। रुसमाथि लगाइएको चौतर्फी प्रतिबन्धका कारण उत्तर कोरियासँग सैन्य उपकरण खरिद गर्न बाध्य भएको अमेरिकाको भनाइ छ।एक अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्धमा प्रयोग गर्नका लागि मस्कोले पेङयोङसँग लाखौंको संख्यामा रकेट र गोला बारुद खरिदको प्रकृया अघि बढाएको हो।युद्धलाई लम्बाइ रहेको रुसले उत्तर कोरियासँग हतियार खरिद गर्नु भनेको गम्भीर आपूर्ति अभावको संकेतका रुपमा विश्लेषण गरिएको छ। युक्रेनक

रुसले उत्तर कोरियाबाट लाखौं रकेट किनिरहेको अमेरिकी गुप्तचर निकायको दावी

रुसले युक्रेनमा जारी युद्धमा प्रयोग गर्ने उद्देश्यले उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हातहतियार खरिद गरिरहेको अमेरिकी गुप्तचर निकायको एक अध्ययनले देखाएको छ । एक जना अमेरिकी अधिकारीले सोमबार नाम उल्लेख नगर्ने सर्तमा अन्तर्राष्ट्रिय मिडियालाई बताएअनुसार रुसी रक्षा–मन्त्रीले प्योङयाङसँग हतियार खरिदबारे प्रयास गरेको बताए ।  पश्चिमले रुसमा लगाएका कठोर प्रतिबन्धको कारण रुसले अहिले आपूर्तिको अभावको सामना गर्नु परेकाले हतियार निर्माणमा पनि असर परेको विज्ञ बताउँछन् । अमेरिकी गुप्तचर

युक्रेनलाई अत्याधुनिक हतियार दिने अमेरिकाको निर्णय

काठमाडौँ । अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले जनाएका छन् । रकेट प्रणालीका अत्याधुनिक हतियारहरु युक्रेनलाई दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यु थपेको टिप्पणी रुसले गरेको छ । अमेरिकी राष्ट्रपति […]

युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्याे : रुस

पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ । नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ । अमेरिकी ...

युक्रेनमा अत्याधुनिक रकेट पठाउने बाइडेनको निर्णय, रसिया भित्र आक्रमण गर्न नपाइने

अमेरिकाले युक्रेनलाई अत्याधुनिक रकेट प्रदान गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रेकट प्रणाली नै दिने घोषणा गरेका हुन्। लामो दुरीबाट प्रक्षेपण गर्न सक्ने रकेटको माग युक्रेनले पहिलै देखि गर्दै आएको थियो। यसअघिसम्म अमेरिकाले युक्रेनले चाहे अनुरुप हतियार उपलब्ध गराउन अस्वीकार गरेको थियो। रसिया र…

युक्रेनमा असाधारण हतियार पठाउने बारेमा साझेदारसँग छलफलमा अमेरिका

युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । रुसी आक्रमणबीच अमेरिकाले  अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २।३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्ष