युक्रेनले राजधानी किभलाई रुसी सेनाबाट मुक्त गरेको दाबी गरिरहेका बेला अमेरिकाले युक्रेनमा लामो दूरीको एन्टी–एयरक्राफ्ट सिस्टम, आर्टिलरी प्रणाली र तटीय रक्षा प्रणाली’ पठाउन आफ्ना सहयोगीहरूसँग छलफल गरिरहेको जनाएको छ । रुसी आक्रमणबीच अमेरिकाले अहिलेसम्म एन्टी ट्यांक हतियार, छोटो दुरीका रकेट र ड्रोनलगायत २।३ बिलियन डलर बराबरका हतियार युक्रेन पठाएको छ । तर, राष्ट्रपति जेलेन्स्कीले रुसी सेना विरुद्धको लडाईलाई निरन्तरता दिन थप हतियारको माग गरेका छन् । अमेरिकी राष्ट्रिय सुरक्ष