युक्रेनलाई अत्याधुनिक हतियार दिने निर्णय गरेर अमेरिकाले आगोमा घ्यू थप्याे : रुस

पश्चिमा देशहरुले युक्रेनलाई थप अत्याधुनिक हतियार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । जर्मनीले युक्रेनलाई आधुनिक एन्टि–एयरक्राफ्ट मिसाइल र राडार प्रणालीहरू आपूर्ति गर्ने बताएको छ । त्यस्तै अमेरिकाले पनि उच्च प्रविधियुक्त, मध्यम–दूरीका रकेट प्रणाली समावेश भएका हतियार प्याकेज प्रदान गर्ने जनाएको छ । नयाँ रकेट प्रणाली युक्रेनलाई अहिले दिएका अस्त्रभन्दा निकै लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षमताका छन् । युक्रेनलाई थप परिष्कृत हतियार दिने यो निर्णयलाई रुसले आगोमा घ्यू खन्याएको प्रतिक्रिया दिएको छ । अमेरिकी ...