रुसले उत्तर कोरियाबाट लाखौं रकेट किनिरहेको अमेरिकी गुप्तचर निकायको दावी

रुसले युक्रेनमा जारी युद्धमा प्रयोग गर्ने उद्देश्यले उत्तर कोरियाबाट लाखौं रकेट र अन्य हातहतियार खरिद गरिरहेको अमेरिकी गुप्तचर निकायको एक अध्ययनले देखाएको छ । एक जना अमेरिकी अधिकारीले सोमबार नाम उल्लेख नगर्ने सर्तमा अन्तर्राष्ट्रिय मिडियालाई बताएअनुसार रुसी रक्षा–मन्त्रीले प्योङयाङसँग हतियार खरिदबारे प्रयास गरेको बताए ।  पश्चिमले रुसमा लगाएका कठोर प्रतिबन्धको कारण रुसले अहिले आपूर्तिको अभावको सामना गर्नु परेकाले हतियार निर्माणमा पनि असर परेको विज्ञ बताउँछन् । अमेरिकी गुप्तचर