नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७७ फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट केपी ओली रन्थनिएको बताएका छन् । फागुन ११ गते सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका ओलीले गरेको पहिलो पटकको प्रतिनिधि सभा विघटन बदर गरेको थियो । अध्यक्ष नेपालले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सर्वोच्चको उक्त फैसलापछि केपी ओलीले पुनः षडयन्त्रका अनेकौँ तानाबाना बुन्न थालेको बताएका हुन् ।‘२०७७ फागुन ११ गतेको उक्त फैसलाबाट रन्थनिएका केपी ओलीले पुनः षडयन्त्रका