एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।
नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...