एनआरएनए अफ्रिकाले नेपालमा अक्सिजन आपूर्ति गर्न १२ लाख सहयोग दिने

काठमाडौं। अफ्रिकास्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)को राष्ट्रिय समन्वय समितिले नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय तह, संघ सस्थासँग समन्वय गरी १२ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ। नवलपरासी र स्याङ्जाको लागि साढे तीन लाख बराबरको ५५० वटा सिलिन्डर रिफिल गरी बुटवलबाट पठाउने र अन्य जिल्लामा पनि ३ लाख बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुर्‍याउने समितिले निर्णय गरेको हो।

सम्बन्धित सामग्री

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए - कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु...

भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने

भेरी अस्पताल नेपालगन्जमा दीर्घकालीन रूपमा अक्सिजन संकट समाधानका लागि निकास खोजिने भएको छ । अर्थ मन्त्रालयले अस्पतालमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि १५ करोड निकासा दिने निर्णयसँंगै दीर्घकालीन रूपमा अक्सिजन समस्या समाधानका लागि उपाय खोज्ने बाटो अघि बढेको हो ।पछिल्लो समय अस्पतालमा अत्यधिक मात्रामा अक्सिजनको खपत बढेपछि अक्सिजन टान्सपोर्ट सिस्टमले नधान्ने हुँदा लिक्विड अक्सिजन […]

अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । हिजो बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उहाँले त्यस्तो गरेको फेला ...

अक्सिजन आपूर्ति सहज बनाउन प्रयासः भए यस्ता निर्णय

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरुमा अक्सिजन आपूर्ति सहज बनाउने पहल स्वरुप मंगलबार निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठकको आयोजना गरेका हुन् ।  अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा कसरी संचालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउने लगायतका विषयमा छलफल भएको थियो ।  बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा संचालन गर्न उद्योग मन्...

अक्सिजन आपूर्ति सहज बनाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोरोना संक्रमितहरू बढ्दै गएकाले आवश्यक औषधि, अक्सिजन आपूर्ति सहज बनाउन र थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारलाई आदेश दिएको छ।

अस्पतालमा तत्काल अक्सिजन आपूर्ति गर : काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न र आवश्यकताअनुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह […]

अक्सिजन आपूर्ति सहज बनाइदिन अल्का अस्पतालको माग

काठमाडौं। ललितपुरको अल्का अस्पतालले अक्सिजन आपूर्ति सहज गरिदिन सरकारसँग माग गरेको छ। कोरोना विरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन थालेको भन्दै आपूर्ति सहज बनाइदिन माग गरेको हो। अहिले दैनिक १५० वटा सिलिण्डर आवश्यक छ। तर अहिले ४६ वटा मात्रै आन्तरिक व्यवस्थापनबाट मिलाइरहेको छ। अल्कामा १७ आईसीयू, २९ जनरल वार्ड र १५ वटा क्याविन छन्।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन आपूर्ति गर्ने जिम्मेवारी उद्योग मन्त्रालयलाई

काठमाडौं। सरकारले देश भित्रका अस्पताललाई कोरोना संक्रमित र अन्य बिरामीको उपचारमा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म आवश्यक सिलिण्डरको संख्या निर्धारण गर्ने र सोही अनुसार अक्सिजन आपूर्ति गर्न उद्योग मन्त्रालयलाई भनिएको हो। अक्सिजन उद्योग र अस्पतालहरुबीच सम्बन्ध स्थापित गर्ने,अस्पतालहरुलई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी पनि उद्योग मन्त्रालयलाई दिइएको छ।

अक्सिजन आपूर्ति रोक्न खोज्नेलाई फाँसी

टाइम्स अफ इन्डिया। केन्द्र, राज्य वा स्थानीय प्रशासनका कुनै पनि कर्मचारीले अस्पतालहरूमा अक्सिजनको आपूर्तिलाई रोके ‘फाँसी चढाइने’ फैसला दिल्ली उच्च अदालतले शनिबार गरेको छ। महाराजा अग्रसेन अस्पतालले कोरोनाभाइरसका बिरामीहरूका लागि अक्सिजन कमी भएकोबारे दिल्ली सरकारविरुद्ध दायर गरेको याचिकामा अदालतले यस्तो फैसला गर्दै आपूर्ति रोक्नेमा संलग्नको नाम बताउन आदेश जारी गरेको छ।