नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा अनपेक्षित नतिजा आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धन बनाएर जाँदा पार्टीले राम्रो नतिजा हासिल गर्न नसकेपछि चुनाव सकिएपछि समीक्षा गर्ने भएको हो।एकीकृत समाजवादीले मंगलबारसम्म चार स्थानीय तह जितेको छ भने १५ स्थानीय तहमा मात्रै अग्रता लिएको छ। यस्तै उपप्रमुखमा १० जितेको छ भने १४ स्थानीय तहमा अग्रता लिएको छ। तालमेलमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मत नहाल्दा राम्रो नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ।&lsquo