बुटवल : नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरु पराजित भएपछि नैतिक जिम्मेवारी लिंदै उनले राजीनामा दिएका हुन्।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम राख्न समेत नसकेको र आफू स्वयंम…