कैलालीको भजनी नगरपालिका–६ का लालबहादुर चौधरी यतिबेला मङ्सिरमा लगाएको गहुँ भित्र्याउने चटारोमा छन् । स्थानीय तहको निर्वाचनका लागि नेताहरू गाउँमा आउन थाले पनि लालबहादुरलाई कुनै पनि पार्टीका नेतालाई भेट्ने फुर्सद छैन । राजनीतिक दलका नेताहरू चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानसँग पार्टीका नेताको भेट हुन सकेको छैन । त्यसैले पनि होला यतिबेला राजनीतिक दलका चुनाव मुखी प्रचारप्रसार पनि कम भएको देख्न सकिन्छ ।लालबहादुर मात्रै नभई उहाँका सबै परिवार गहुँ भित्र्याउन व्यस्तमात्रै छैनन् अर्कोत