लगानीको वातावरण बनाउन सरकारलाई सांसदहरूले गराए ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभा सांसदहरूले नेपालमा लगानीका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमा विचार प्रस्तुत गर्द...

सम्बन्धित सामग्री

लगानीको वातावरण सहज बनाउन पहल

नेपालमा लगानीको वातावरण सहज बनाउन सरकारले पहल थालेसँगै लागि प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा पेस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नो कार्यकाल समालेको सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै नेपालमा लगानीको वातावरण सहज बनाउन विभिन्न आठ कानुन समावेश गरिएका केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा पेस गरिएको बताउनुभएको हो । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत उहाँले १०१ काम सार्वजनिक गर्नुभयो ।

लगानीको वातावरण बनाउन दर्जन ऐन संशोधन गर्न सुझाव

सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा मुलुकमा लगानीको वातावरण सिर्जना गर्नका लागि एक दर्जन कानुन संशोधन गर्न सुझाव दिएका छन्।...

लगानीको वातावरण बनाउन ५ वटा कानुन खारेज हुनैपर्छ : परिसंघ

काठमाडौँ  : नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउनका लागि सरकारले ५ वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट ५ वटा कानून खारेज गर्नुपर्ने जानकारी गराएको हो।परिसंघले अन्य तीनवटा नयाँ कानून ल्याउनुपर्ने माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विद्यमा

लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध: मन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार तयार रहेको बताएका छन् । अमेरिकी राजदूत डिन आर थम्पसनसँग बुधवार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री रिजालले यस्तो बताएका हुन् । नेपालमा लगानी भित्याउन अमेरिकी राजदूत थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने दाबी गरे । भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा छलफल भएको मन्त्रालयले बताएको छ । मन्त्री रिजालले नेपालको विकास लगायत विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सराहनीय रहेको बताए । आगामी दिनमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्याउन सकिन्छ भन्नेमा सरकार लागिपरेको भन्दै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे । आगामी मे महीनामा काठमाडौंमा हुने टिफा काउन्सिलको छैटौं बैठक द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका लागि फलदायी हुनेमा विश्वास व्यक्त गरे । भेटमा मन्त्री रिजालले सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुँदा समेत अमेरिकाले कुनै व्यापारमा न कुनै रूपमा सहयोग जारी राख्ने अपेक्षा गरे । सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायत क्षेत्रमा अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी भएको उनले स्मरण गरे । उक्त क्षेत्रमा लगानी बढाउन र विविधीकरण गर्न अमेरिकी राजदूत थम्पसनको अधिकतम प्रयास रहने विश्वास उनले व्यक्त गरे । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए । लगानीको वातावरण थप सुदृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।

लगानीको वातावरणमा प्रश्नचिन्ह

काठमाडौं । अघिल्लो पाँच वर्षको तुलनामा पछिल्लो पाँच वर्षमा कम्पनी दर्ता गरेर व्यवसाय गर्नेहरूमा ७७ प्रतिशतले कमी आएको छ । प्रमुख राजनीतिक दल र तिनका नेताहरूले मुलुकमा उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने र लगानीको वातावरण बनाउने भन्दै २/२ पटक अन्तराष्ट्रिय लगानी सम्मलेनसमेत आयोजना गरे । सरकारले लगानीको वातावरण बनाउन भन्दै नयाँ केही ऐन बनाएको पनि छ […]

नेपालमा लगानीको वातावरण बनाउन राजदूतहरुसँग चेम्बरको आग्रह

१४ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार प्रर्वद्धन एवम् लगानीका लागि वातावरण बनाउन राजदूतहरुसँग आग्रह गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा राजदूतहरुसँग भएको छुट्टा–छुट्टै भेटवार्तामा चेम्बरले नेपालमा लगानीका लागि भूमिका निर्वाह गर्न आग्रह गरेको हो । दक्षिण कोरियाका लागि नवनियुक्त राजदूत डा. ज्योति प्याकुरेलसमक्ष चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक रुपमा समृद्ध कोरियाबाट […]

पुँजी बजार सुधारको माग गर्दै पाँच संगठन एकजुट, लगानीकर्ता दैनिक धर्नामा

सेयर बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ता आन्दोलनमा जुटेका छन् । पुँजी बजारमा लगानीको वातावरण बनाउन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार विकास समिति, नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ,...

नेपालमा उद्योग खोल्न जापानलाई चेम्बरको आग्रह

१८ जेठ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापान समक्ष आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानी लगानीको सुरक्षणका लागि आफूहरुले सरकारसँग पहल गर्ने बताए । […]

सहज लगानीको वातावरण बनाउन आवश्यक

विश्वभर रहेका नेपालीलाई नेपालसँग जोडेर उनीहरूलाई आफ्नो लगानी नेपालमा भित्र्याउन उत्साहित गर्नु आवश्यक छ । अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेको नेपाललाई पूर्वाधारमा ठूलो लगानी चाहिएको छ । कुल गार्हस्थ्य उत्पादनको ८ देखि १० प्रतिशत प्रतिवर्ष पूर्वाधारमा लगानी गर्न नेपालको हालको बजेटले भ्याउँदैन । तसर्थ, नेपालका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन […]