मुस्लिम समुदायले शुक्रवार ताजिया अर्थात् दाहा घरेलु सशस्त्र हतियारसहित प्रदर्शन गर्दै गाउँ, नगर परिक्रम गरी मनाई रहेका छन् । गत वर्षको तुलनामा यस बर्ष कोरोनाको असर गाउँ टोलमा केही कम देखिएकाले दाहा (ताजिया) धुमधामका साथ मनाई रहेका मुस्लिम अगुवाहरूले बताएका छन् ।
इस्लाम धर्मको संस्थापक हजरत मुहम्मद साहब सहिद हुनु भएको दिनको सम्झनामा आजको दिन यसरी ताजिया (दाहा) सहितको घरेलु हतियार सहित नारा जुलुस गर्दै बेलुकी सम्पन्न हुनेछ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० मा गरी यस बर्ष १४ वटा ताजिया (दाहा) बनाइएको दाहा बनाउने अगुवा गणी महमदले बताउनुभयो ।
मुलुकका अधिकांश मुस्लिम बस्तीहरूमा कोरोनाको कहरले यस बर्षको ताजिया (दाहा) मा प्रत्यक्ष असर पर्नेछैन ।