सर्वसाधारणलाई सयपत्री हाइड्रोको आईपिओ आजदेखि बिक्रि खुला

सयपत्री हाइड्रोपावर लिमिटेडले आज साउन १३ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सम्बन्धित सामग्री

यी ४ तरिकाबाट हेर्न सकिन्छ सयपत्री हाइड्रोको आईपिओ नतिजा

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज  बिहान  क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो।आईपिओको नतिजा केहि समयपछि सार्वजनिक हुने छ । सार्वजनिक भएपछि विभिन्न ४ तरिकाबाट आइपिओ नतिजा हेर्न सकिने छ ।  जस अनुसार बिक्रि प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट https://www.niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सयपत्री  हाइड्रो कम्पनीको वेबसाइट  http://sayapatrihydropower.com/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । क्यापिटलका अनुसार  कम्पनीको आईपिओमा १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन अयोग्य रहेको क्यापिटलले जनाएको छ । त्यस्तै स्थानीयतर्फ शेयर पाएर सर्वसाधारणको शेयरको लागि पनि आवेदन दिएका २३१ जनाको आवेदन पनि रद्द भएको छ । शेयर पाउन योग्य रहेका आवेदकको संख्या १४ लाख १२ हजार ४ सय् ६८ जना रहेको र उनीहरुलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । जस अनुसार गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आईपिओमा आवेदन दिने १३ लाख ४६ हजार ५ सय १४ जना आवेदक हात खाली भएका छन् । कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।   नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सयपत्री हाइड्रोको आईपिओ आज बाँडफाँड हुदै

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ आज मंगलबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज  बिहान १०  बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।   नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सयपत्री हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साउन  १३ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले आज साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सयपत्री हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो

सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावितलाई स्थानीयलाई आईपिओ बिक्रि खुला गगर्दै छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।तर पर्याप्त आवेदन नपरेपछि अब कम्पनीको आईपिओमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरिएको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।