सयपत्री हाइड्रोको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

सयपत्री हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन १७ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साउन  १३ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ६ लाख कित्ता शेयर छुट्याएकोमा आयोजना प्रभावितले खरिद नगरेको  १ लाख २१ हजार ६० कित्ता शेयर थपेर कुल ७ लाख २१ हजार ६० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३६ हजार  ५३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ भने १४ लाख ४ सय २१ कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ६ लाख ७० हजार ५ सय ८६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले आज साउन १७ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि  एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।