सयपत्री हाइड्रोको आईपिओमा आवेदन दिने म्याद थपियो

सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले असार २ गतेदेखि आयोजना प्रभावितलाई स्थानीयलाई आईपिओ बिक्रि खुला गगर्दै छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।तर पर्याप्त आवेदन नपरेपछि अब कम्पनीको आईपिओमा असार २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।   कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई आईपिओ निष्काशन गरेको हो ।कम्पनीले उल्लेखित स्थानका स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरिएको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताको लागि दिन सकिने छ  । कम्पनीले शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।नेपाल धितोपत्र बोर्डले सयपत्रीलाई जेठ १८ मा शेयर निष्काशनको अनुमति दिएको हो । सयपत्रीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणई गरि ९ करोड बराबरको ९ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीले बाग्लुङ्गमा निर्माण गरेको २.५ मेगावाटको दरमखोला ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३/३/१२ देखि विजुली उत्पादन गरिरहेको छ ।

सम्बन्धित सामग्री

सयपत्री हाइड्रोको आईपीओ भर्ने समय थपियो

काठमाडौँ – सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट […]