यंगालमा  सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

काठमाडौं :  काठमाडौं महानगरपालिकाले वडा नम्बर २१ यंगालमा  सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ। वडा भवन नबनुन्जेल यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्य र वडाध्यक्ष उदय चूडामणि बज्राचार्यले क्लिनिकको उद्घाटन गरेका हुन्। प्रमुख शाक्यले, स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए।उनले भने, ‘महानगरले सञ्चालन गरेका क्लिनिकमा सर्वसाधारणको आकर्षण बढाउन सकियो भने ठूला अस्पतालमा सामान्य समस्याका ब

सम्बन्धित सामग्री

उपमहानगरले किन गर्दैन स्वास्थ्य संस्थाको अनुगमन ?

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न तदारुकता देखाएको छैन। उपमहानगरपालिकाले अनुगमन नगर्दा कतिपय चलेका स्वास्थ्य क्लिनिक बिना दर्ता नै चलेका छन् भने धेरैको नवीकरण भएको छैन। नेपालगञ्ज उपहानगरपालिकाले स्वास्थ्य ऐन र कार्यविधि बनाएको छ। त्यसमा १५ बेडसम्मको अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डी र सी ग्रेडका प्रयोगशालाको अनुगमन नियमन गर्नेदेखि दर्ता र नवीकरणसम्म गर्न सक्छ। […]

स्वास्थ्य क्लिनिक सञ्चालक पक्राउ

बैतडी, २१ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले अनुगमन गर्दा स्वास्थ्य क्लिनिक अवैधरुपमा सञ्चालन गरेको पाइएको हो । अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँस्थित कविर मेडिकल हल, दोगडाकेदार–७ खोचलेकस्थित […]

अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो । प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो […]

मध्यपुर थिमिमा एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा

मध्यपुर थिमि, भाद्र १३ । मध्यपुर थिमि नगरपालिकाले सोमवार एकै दिन तीन वटा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको सय दिन पुगेको अवसरमा ९ वटा वडामध्ये हेल्थ पोष्ट नभएका वडा नं. २, ३ र ५ मा ती क्लिनिक सञ्चालनमा ल्याएको हो । सञ्चालित शहरी क्लिनिकहरु वडा नं. २ […]

धरानको कृषि बजारमा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिक

परिवर्तनका लागि सामाजिक अभियानले १३ औं संस्करणको सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न गरेको छ।

काठमाडौं महानगर २१ मा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सुरु

काठमाडौँ महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लवको भवनमा क्लिनिक सञ्चालनमा ल्याइएको हो। आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका...

भरतपुरमा महानगरभित्र एक वडा एक स्वास्थ्य केन्द्र

महानगरले १३  स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ।

दर्ता नै नगरी सञ्चालन गरिएको आयुर्वेद क्लिनिक सिल

सुर्खेतको वीरेन्द्रनगरमा दर्ता नै नगरी अवैध रूपमा सञ्चालनमा आएको आयुर्वेद स्वास्थ्य क्लिनिक सिल गरिएको छ । वीरेन्द्रनगर–६ को मंगलगढी चोकमा रहेको माता मनकामना आयुर्वेद क्लिनिक सिल गरिएको हो