उपमहानगरले किन गर्दैन स्वास्थ्य संस्थाको अनुगमन ?

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न तदारुकता देखाएको छैन। उपमहानगरपालिकाले अनुगमन नगर्दा कतिपय चलेका स्वास्थ्य क्लिनिक बिना दर्ता नै चलेका छन् भने धेरैको नवीकरण भएको छैन। नेपालगञ्ज उपहानगरपालिकाले स्वास्थ्य ऐन र कार्यविधि बनाएको छ। त्यसमा १५ बेडसम्मको अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डी र सी ग्रेडका प्रयोगशालाको अनुगमन नियमन गर्नेदेखि दर्ता र नवीकरणसम्म गर्न सक्छ। […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

दाङ । दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक साताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । हरेक साताको सोमबार घोराहीस्थित स्वास्थ्य कार्यालयबाट, हरेक बुधबार तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट र हरेक शुक्रबार देउखुरीस्थित सिसहनिया स्वास्थ्य चौकीबाट खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समिति र अनुगमन समितिको बैठकले वैदेशिक रोजगारीमा जाने वा अन्य कुनै उद्देश्यले विदेश जान लागेकालाई खोप लगाउने निर्णय गरिएको कार्यालयका प्रमुख शाहीले बताए । तीन ठाउँबाट कोरोनाविरुद्धको जोनसोन खोप लगाइनेछ । दाङमा ३ लाख ३० हजार ७४१ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।       घोराही उपमहानगरले १८ वर्षमाथि उमेर समूहका नागरिकलाई बिहीबारदेखि दोस्रो मात्राको भेरोसेल खोप लगाउँदै छ । पहिलो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइने भएको छ । यसअघि खोप लगाएका १८ वर्ष माथिकालाई दोस्रो मात्रा र नलगाएकालाई पहिलो खोप लगाउने निर्णय गरिएको हो । पालिकाभित्रका १९ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिए । ३८ हजार ५०९ डोज खोप स्वास्थ्य कार्यालयबाट प्राप्त भएको उनको भनाइ छ । वडा तथा स्वास्थ्य संस्थाले पनि भूगोलअनुसार पायकपर्ने ठाउँमा खोप केन्द्र खोलेका छन् । उपमहानगरमा अहिलेसम्म १ लाख १० हजार ८१५ जनाले पहिलो डोज र ५० हजार ४९१ जनाले दुुवै डोज खोप लगाएका छन् । रासस