पछिल्लो २४ घण्टामा एक हजार १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा एक हजार १३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी तीन हजारको एन्टीजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण पुष्टि भएको छ ।