नेकपा एमालेका नेता एवम् बाग्मती प्रदेश सभा सांसद केशव स्थापितले एमालेको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
शनिवार दिउँसो सामाजिक सञ्जाल फेसबूकमार्फत उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
काठमाडौँ महानगरपालिकाका पूर्व मेयरसमेत रहेका स्थापितले समृद्धिका सयौँ सार्थक योजना छन् भन्ने विचारलाई नीति बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् ।