कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् । शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् । उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा थिए । तर उनले आफ्नो