गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशनका लागि एनआरएन अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन । यस्तैमा बेलायत निवासी रामशरण सिम्खडाले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक सिम्खडाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामले गति लिएपनि अझै धेरै गर्न बाँकी रहेकाले संस्थागत