नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदका लागि नेविसंघका पूर्व केन्द्रीय सदस्य जयराम दाहालले उम्मेदवारी घोषणा गरेका छन् । नुवाकोटको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि चयन भएका उनले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको जानकारी दिए । पार्टीमा युवा पुस्ताको उपस्थिति जरुरी रहेको भन्दै उनले नयाँ जोशका साथ पार्टीलाई सशक्त बनाउन पनि आफ्नो उम्मेदवारी रहेको बताए । विचार, पद्धति, समाज र रुपान्तरणको लागि युवा आवाजलाई बुलन्द पारिनुपर्ने पनि उनले धारणा रा