नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले अध्यक्ष
केपी शर्मा ओलीलाई बालकोटको बाल्दरीमा बसेर बर्बराएको आरोप लगाएका छन् ।मंगलवार ओलीले कांग्रेसको घोषणापत्रलाई 'पागलहरूको प्रलाप'
भन्दै निकृष्ट शब्दले अपमान गरेका थिए । ओलीको टिप्पणीमा प्रतिटिप्पणी गर्दै महामन्त्री थापाले आज आयोजित
एक पत्रकार सम्मेलनमा भने, 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो ।'उनले ओलीले झुट बोल्ने गरेको आरोपसमेत लगाए । 'ओली झुट
बोल्नुहुन्छ,' उनले भने, 'तपाईं झुट बोल्दै हुनुहुन्छ भन्ने हो भने उहाँले सनक्क
सन्केर पागल भन्नुहुन्छ । उहाँले शुशीला कार्कीलाई पागल भन्नुभयो । गोविन्द
केसीलाई पागल भन्नुभयो ।'थापाले नेपाली कांग्रेसका नेता कार्यकर्ताले पढ्न नपाएको
घोषणापत्र ओलीले रातभरि लगाएर पढेको भन्दै कटाक्षसमेत गरे ।
'म
उहाँलाई एउटा एडभाइस दिन्छु,' थापाले भने, 'धेरै सनक्क सन्किदा शरीरलाई कहिलेकाहीं
अप्ठेरो पर्न सक्छ । ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । चोर्यो चोर्यो
भनेका छन् । हामीले कसैको घोषणापत्र चोरेको छैन ।'