डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध परेको उजुरीको जवाफ पठाएका छन्।देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पत्नी डा. आरजू राणा देउवामार्फत उजुरीको जवाफ बुझाएका हुन्। देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।देउवाले प्रमाणसहित जवाफ पठाएको उनले बताए। देउवालाई जवाफ पठाउन दिउँसो २ बजेसम्मको समय दिइएको थियो। 'बिहान साढे ११ बजे प्रधानमन्त्री देउवाज्यूले पठाउनु भएको जव