‘कीर्तिपुर नेवारी खाजाको हब हो, पर्यटक भित्र्याउछौँ’

काठमाडौँ – स्थानीय तहको निर्वाचन सम्पन्न भएर नयाँ जनप्रतिनिधिले आफ्नो पालिकामा काम सुरु गरिसकेका छन् । संघीयता कार्यान्वयनको पहिलो कार्यकाल सकिँदा सबै पालिकाले अब दोस्रो कार्यकालका लागि नयाँ प्रतिनिधिबाट विकास र समृद्धिको आशा गरेका छन् । यससँगै जनप्रतिनिधि सेवामा लागिसकेका छन् । काठमाडौँ उपत्यकामा कीर्तिपुर ऐतिहासिक क्षेत्र हो । यो नगरपालिकाले पर्यटनको पनि उच्च सम्भावना […]

सम्बन्धित सामग्री

पर्यटकीय हब बन्दै जुम्लाको तातोपानी धारा

तातोपानी गाउँपालिकामा रहेको तातोपानी धारामा नुहाउने पर्यटक बढेका छन्। चिसो मौसममा तातोपानीमा नुहाउने आन्तरिक पर्यटक बढेका हुन्।...

होटलको ‘हब’ बन्दै नेपालगञ्ज

पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हबको रुपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटल हब बन्दै बाँके, व्यवसायीले गरे १२ अर्बभन्दा बढी लगानी

नेपालगञ्ज- पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटल हबका रूपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।  होटल व्यवसायीका अनुसार बाँकेको नेपालगञ्ज र कोहलपुरका होटल व्यवसायमा र...

होटेल हब बन्दै बाँके,  १२ अर्बभन्दा बढी लगानी

पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटेल हबको रूपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

होटेल हब बन्दै बाँके,  १२ अर्बभन्दा बढी लगानी

पश्चिम नेपालको आर्थिक हब मानिने बाँकेको नेपालगञ्ज होटेल हबको रूपमा अघि बढ्दै गएको छ । नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बतको मानसरोवर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढ्न थालेसँगै यहाँ होटलमा लगानी बढेको हो ।

‘बुंग महोत्सव’मा रम्यो बुंगमती, फेरि बन्ला पर्यटक हब?

ललितपुरमा ‘बुंग महोत्सव’ सम्पन्न भएको छ। बुंगमतीमा शनिबार बिहान सम्पदा यात्राबाट सुरु भएको महोत्सवमा सांगीतिक र साहित्यिक प्रस्तुति आयोजना गरिएको थियो। कार्यक्रममा ललितपुर महानगपालिका प्रमुख चिरिबाबु महर्जनले रातो मछिन्द्रनाथको मन्दिर अझै निर्माण सम्पन्न नभएको भन्दै त्यसलाई चाँडो निर्माण गर्नु पर्नेमा जोड दिएका थिए। मन्दिर निर्माण नहुँदा रातो मच्छिन्द्रनाथलाई अस्थायी मन्दिरमा…

ल्हो मन्थाङ : गुणस्तरीय पर्यटनको हब बनाऊँ

हाम्रो देश नेपालमा अझै पनि यस्ता धेरै ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका छन्, जहाँ अहिलेसम्म स्वदेशी तथा विदेशी पर्यटक एकपटक पनि नपुगेको हुन सक्छ । हामीले नेपालका त्यस्ता ‘कुमारी/भर्जन’ तथा ऐतिहासिक ‘गाउँठाउँ, मठमन्दिर, गुम्बा, विभिन्न धर्मालम्बीको आस्थाको संगमस्थल अर्थात् धार्मिकस्थल, प्राकृति सम्पदा, राष्ट्रिय धरोहर, किल्ला, दुर्ग, डाँडाकाँडा आदि रहेका ठाउँसम्म पुग्न गोरेटो, घोटेटो र सम्भव भएसम्म सडक यातायात जान नदिने बनाएर प्रचारप्रसार गर्न लागिहाल्नुपर्ने देखिन्छ । यस्तो कार्यले हाम्रो देशमा गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्न वा भनौं आकर्षित गर्नमा सहयोग नै पुग्ने देखिन्छ । त्यसैले यो कार्यमा पनि हामीले ध्यान दिएर लाग्नुपर्ने देखिन्छ । यो विषयमा पछि छुट्टै लेख लेख्ने विचार छ । अहिलेलाई भने गुणस्तरीय पर्यटनको कुरो गर्दा म माथिल्लो मुस्ताङबारे लेख्दै छु । स्थानीय भाषामा ‘ल्हो मन्थाङ’ भनिने माथिल्लो मुस्ताङलाई अंग्रेजी भाषामा फोरबिड्डन किङडोम, हिड्डेन किङडोम, मड सिटी, लस्ट किङडोम, अप्पर मुस्ताङ आदि नामले पनि चिनिन्छ । स्मरणीय के छ भने, विसं २०४६ सालअघि कानूनी रूपमा विदेशीहरूका लागि प्रवेश निषेध थियो– ‘ल्हो मन्थाङ ।’ विसं २०४६ सालको राजनीतिक परिवर्तनसँगै माथिल्लो मुस्ताङ, ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीले भ्रमण गर्न पाउने व्यवस्था गरियो । त्यसो भए तापनि अमेरिकी नागरिक स्टान आर्मिङटङद्वारा लिखित र ‘लन्ली प्लानेट’द्वारा प्रकाशित ‘द हिमालय किङ्डोम’ नामक किताबमा लेखिएअनुसार विदेशीहरूका लागि विसं २०४६ सालअघि कानूनी रूपमा प्रवेश निषेध भनिए तापनि २०४६ सालअघि पनि ‘ल्हो मन्थाङ’मा राजदरबारका शाही पाहुनाहरू भने सुटुक्कै जान्थे । त्यस्तै गूगलमा सर्च गरेर हेर्दा सन् १९५२ मै स्वीस नागरिक टोनी हेगनले पहिलो विदेशीका रूपमा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । त्यस्तै ‘ल्हो मन्थाङ’ भ्रमण गर्ने दोस्रो व्यक्तिको रूपमा फ्रेन्च नागरिक माइकल पिसेल देखिन्छन् । उनले सन् १९६४ मा ‘ल्हो मन्थाङ’ अर्थात् माथिल्लो मुस्ताङको भ्रमण गरेको देखिन्छ । विसं २०४७ मा तत्कालीन श्री ५ को सरकारले निश्चित शर्तहरूसहित ‘ल्हो मन्थाङ’ अर्थात् अप्पर मुस्ताङमा विदेशीहरूलाई पर्यटकीय उदेश्यले भ्रमण गर्न पाउने गरी खुल्ला गर्‍यो । जस्तै माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने पर्यटक कम्तीमा २ जना हुनैपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, एक जना सरकारी सम्पर्क अधिकृत अनिवार्य रूपमा लैजानैपर्ने (हाल खारेज भइसकेको छ ।), १० दिनमा टे«किङ गरी सक्नुपर्ने (आधार खुलाएर थप २ दिन थप्न सकिने), एकजना पर्यटक बराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने, वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि विदेशी पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिक सहयोग दिन नपाउने, विदेशी पर्यटकले स्थानीय समुदायलाई आर्थिक सहयोग दिनै परे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि शर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुल्ला गरिएको थियो । लामो समयदेखि नेपालका अन्य केही हिमाली क्षेत्रझैं निषेध गरिएको ‘ल्हो मन्थाङ’ विदेशी पर्यटकका लागि खुल्ला भएपछि पहिलो वर्ष (सन् १९९२ मा) ४ सय ८३ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसपछि माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा १,०६६ पुग्यो । त्यसपछि देशमा चलेको हिंसा प्रतिहिंसा (सरकार–तत्कालीन विद्रोही माओवादीबीच) सँगै मुस्ताङ भ्रमणमा जाने विदेशी पर्यटकको संख्या पनि घट्न थाल्यो । यसरी सन् २००० देखि पुन माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या तीन अंकमा झर्‍यो । यो क्रम सन् २००६ सम्म जारी रह्यो । २०६२/२०६३ मा आएको परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पनि बढेर सन् २००७ देखि पुनः चार अंकमा चढ्यो । अर्थात् सन् २००७ मा १,१५७ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । सन् २००८ मा त स्थानीय बासिन्दा नै आश्चर्यचकित हुने गरी विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । अर्थात् सन् २००८ मा त्यो बेलासम्मकै रेकर्ड तोड्दै २,१९४ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरे । हुन पनि भगौलिक हिसाबले तिब्बती पठार र ‘ल्हो मन्थाङ’को बनावट उस्तैउस्तै छ । त्यतिमात्रै होइन, उनीहरूबीच धर्म, भाषा, वेशभुषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालनजस्तै घोडा, याक, चौंरी, भेडा, च्याङ्ग्रा पाल्ने तरीका उही, खेतीपाती गर्ने तरीका उही । त्यसमा पनि ‘ल्हो मन्थाङ’को तिब्बतको भन्दा पृथक् पहिचान के छ भने, ‘ल्हो मन्थाङ’का विभिन्न स्थानमा प्राचीन गुफाहरू प्रशस्तै छन् । जहाँ प्राचीन समयमा मानवबस्ती रहेको भनी विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन सम्पदालाई त्यहाँ भ्रमण गर्न आउने विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी र स्थानीय बासिन्दा एवम् समग्र देशकै लागि पनि गर्व गर्नलायक सम्पदा वा भनौं धरोहर मान्न सकिन्छ । त्यस्तै ‘लो घ्याकर’मा अवस्थित लगभग १३ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि विदेशी पर्यटकका लागि कौतुहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्यम सम्भवले तिब्बतमा बुद्घधर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । यसरी नेपालबाट ‘ल्हो मन्थाङ’ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो दर तोकिएको भए तापनि, (‘ल्हो मन्थाङ’ भ्रमण गरेबापत तिर्नुपर्ने सलामी दस्तुर ७ सय अमेरिकी डलर तोकेको थियो भने पछि ५ सय अमेरिकी डलरमा झारेको छ ।) यो दरलाई कायमै राख्दै ‘ल्हो मन्थाङ’जस्तो ऐतिहासिक, पुरातात्त्विक तथा सम्पदा क्षेत्र रहेको उक्त क्षेत्रलाई ‘वेस्ट टुरिस्ट’/‘ब्याक प्याकर’, नेपाली पर्यटन क्षेत्रमा चलेको भाषामा भन्ने हो भने ‘झोले’ पर्यटकलाई लर्को लगाउने काम बन्द गरौं । बरु संख्या थोरै भए पनि प्रशस्त पैसा खर्च गर्न सक्ने, गुणस्तरीय र गुनिलो पर्यटकलाई मात्रै प्रवेश गर्ने नेपालको एक मात्र पर्यटकीय हबका रूपमा ‘ल्हो मन्थाङ’लाई विकास गरौं । लेखक पर्यटनकर्मी हुन् ।

दुगुनागढीलाई ‘होमस्टे हब’ बनाउन जुटे युवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ऐतिहासिक स्थल दुगुनागढी र सो क्षेत्र आसपासलाई ‘होमस्टे हब’को रूपमा विकास गर्न स्थानीय युवा अग्रसर भएका छन् । उनीहरूले सो क्षेत्रमा पर्यटक भित्र्याउन विशेष अभियान नै शुरू गरेका छन् । दुगुनागढी क्षेत्रमा भूकम्पपछि द्वारिका फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ । शेर्पा समुदायको बाहुल्य रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा अंग्रेजी नयाँ वर्षको शुरुवातसँगै युवाहरूले शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम सञ्चालन गरेर आन्तरिक पर्यटकलाई भित्त्याउने अभियान थालेका हुन् । फाउण्डेशनले निर्माण गरेको यर्मासिं एकीकृत बस्ती गत दशैंमा स्थानीयलाई हस्तान्तरण गरिएको थियो । एकै प्रकृतिका ५१ ओटा घर रहेको एकीकृत बस्तीलाई नै स्थानीयले होमस्टेको रूपमा विकास गरेका हुन् । ‘यर्मासिं होमस्टे’ नाम दिइएको सो होमस्टे एकैपटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्नेगरी तयार भइसकेको स्थानीय अगुवा निमा सोनाम शेर्पाले बताए । ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा विकास गराउन अभियान थालिएको स्थानीय आङछिरी शेर्पाले बताए । ‘ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्त्याउने अभियानमा लागेका हौं,’ शेर्पाले भने । भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त गढीको संरक्षण गर्न पुरातात्त्विक विभाग तथा नेपाली सेनाको पहल भए पनि तीनओटै तहका सरकारले खासै चासो नदिएको उनको भनाइ छ । ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं,’ उनले भने । ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यर्मासिं होमस्टेलाई देशकै नमूना होमस्टेको रूपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए । भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचना नष्ट भए पनि पुनर्जीवित गर्न लागिएको उनको भनाइ छ । दुगुनागढीमा आउने बाह्य पर्यटकलाई राख्ने उद्देश्यले ३०औं वर्षअघिको होमस्टे अवधारणा जिल्लाकै पुरानो भएको उनले बताए । होमस्टे सञ्चालनमा आएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन् । पर्यटकलाई शेर्पा समुदायले दिने सेवा, सत्कार स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले बताए । पर्यटक होमस्टेमा पुग्नासाथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ । त्यस्तै बेलुका साँझ शेर्पा समुदायले पाहुनाका लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पर्यटकलाई बास, खाना तथा आरामका लागि निर्माण गरिएको होमस्टे लार्चा सुक्खा बन्दरगाहबाट ५ किलोमिटर माथि पर्दछ । तर कच्ची सडक, त्यसमाथि खाल्डाखुल्डी धेरै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन कठिनाइ झेल्नुपरेको होमस्टे सञ्चालक पासाङ शेर्पाले बताए । सडकको स्तरोन्नतिमा गाउँपालिकाले चासो नदिएको उनको गुनासो छ । भोटेकोशी गाउँपालिकाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकले यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगायत दर्जनौं पर्यटकीय गन्तव्य रहेको गाउँपालिकाले बताएको छ । पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण पालिका लागिपरेको अध्यक्ष राजकुमार पौडेलले बताए ।

ऐतिहासिक क्षेत्र दुगुना गढीलाई ‘होमस्टे हब’ बनाउन जुटे युवा

पुस १९, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकाको ऐतिहासिक स्थल दुगुना गढी र सो क्षेत्र आसपासलाई ‘होमस्टे हब’ को रुपमा विकास गर्न स्थानीय युवाहरुले चासो देखाएका छन् । उनीहरुले सो क्षेत्रमा पर्यटक भित्र्याउन विशेष चासोका साथ अभियान नै थालनी गरेका छन् । दुगुना गढी क्षेत्रमा भूकम्पपछि द्वारिका फाउण्डेशनले निर्माण गरेको एकीकृत बस्तीमा होमस्टे सञ्चालन गरिएको छ ।  शेर्पा समुदायको बाहुल्यता रहेको एकीकृत बस्तीमा निर्माण गरिएको होमस्टेमा अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै युवाहरुले शेर्पा समुदायको सांस्कृतिक प्रस्तुतीसहित विशेष कार्यक्रम सञ्चालन गरेर आन्तरिक पर्यटकलाई भित्र्याउने अभियान शुरु गरेका हुन् ।  फाउण्डेशनले निर्माण गरेको यर्मासिं एकीकृत बस्ती गत दशैंमा स्थानीयलाई हस्तान्तरण गरिएको थियो । एकै प्रकृतिका ५१ ओटा घर रहेको एकीकृत बस्तीलाई नै स्थानीयले होमस्टेको रुपमा विकास गरेका हुन् ।  ‘यर्मासिं होमस्टे’ नाम दिई सञ्चालनमा ल्याईएको सो होमस्टेमा एकै पटक ५० देखि ६० जनासम्मलाई आवास र खानपान गर्न मिल्ने गरी तयार भईसकेको स्थानीय अगुवा निमा सोनाम शेर्पा बताउँछन् । केहि महीना भित्रै १०० भन्दा बढी पर्यटकलाई सुविधा दिने गरी निर्माण कार्य भईरहेको उनको भनाइ छ । ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन तथा विकास गराउन अभियान थालिएको स्थानीय आङछिरी शेर्पाले बताए । ‘हामी ओझेलमा परेको ऐतिहासिक किल्ला दुगुनागढी तथा एकीकृत बस्तीमा बनेको होमस्टेलाई देशव्यापी प्रचार गरेर पर्यटक भित्र्याउने अभियानमा लागेका हौं’, शेर्पाले भने । भूकम्पले पूर्णरुपमा ध्वस्त बनेको गढीको संरक्षण गर्न पुरातात्विक विभाग तथा नेपाली सेनाले विशेष चासोका साथ लागे पनि दुगुनागढीको संरक्षण तथा प्रवर्द्धनको लागि तीनओटै तहका सरकारले खासै चासो नदिएको उनको भनाइ छ । ‘गढीको संरक्षण तथा विकास गर्न सरकारललाई अभियान मार्फत घचघचाउन हामी लागिपरिरहेका छौं’, उनले भने ‘गढीमा आउने पर्यटकलाई होमस्टेमा राख्ने र यहाँको शेर्पा कला, संस्कृति, खानपान र रहनसहनको व्यवस्था गराउने हाम्रो योजना हो ।’ ऐतिहासिक गढीसँगै जोडिएको एकीकृत बस्ती यर्मासिं होमस्टेलाई देशकै नमूना होमस्टेको रुपमा विकास गर्न लागिएको भोटेकोशी चेम्बर अफ कमर्शका अध्यक्ष फुनु शेर्पाले बताए ।  भूकम्पका कारण पुरानो मौलिक सांस्कृतिक संरचनाहरु नष्ट भएपनि पुर्नजिवित गर्न लागिएको उनको भनाइ छ । दुगुनागढीमा आउने बाह्य पर्यटकहरुलाई राख्ने उद्देश्यले ३०औं वर्ष अगाडि थालिएको होमस्टे अवधारण जिल्लाकै पुरानो भएको उनी बताउँछन् ।  ‘दुगुनागढी देशकै ऐतिहासिक गढी हो, घुम्नको लागि अन्यन्त्र जानुभन्दा अन्य ठाउँका पर्यटकहरुलाई भित्र्याउन पर्छ भनेर अभियान चलाएका हौं’, शेर्पाले भने ‘यो अभियानमा यहाँका सबै राजनीतिक दल, व्यापारिक संघ संस्था, सामाजिक संघसंस्था, बुद्धिजीवि, स्थानीयहरु लागिरहेका छौं ।’ होमस्टे सुचारु भएसँगै पर्यटकको आगमन बढ्न थालेको होमस्टे व्यवसायी बताउँछन् । पर्यटकलाई शेर्पा समुदायले गर्ने सत्कार, माया र बोलीबचन नै स्मरणयोग्य रहेको सो क्षेत्रको भ्रमण गरेर फर्किका ताप्लेजुङका कृष्ण भुजेलले बताए । पर्यटक होमस्टेमा पुग्न साथ शेर्पा समुदायले आफ्नो संस्कृति अनुसार सत्कार गर्छन् । पाहुनाले चाहेको अनुसारको परिकार बनाइन्छ ।  त्यस्तै, बेलुका साँझ शेर्पा समुदायले पाहुनाहरुको लागि शेर्पा नाच लगायत सांस्कृतिक मनोरञ्जन प्रदान गर्दछन् । पाहुनाहरुले समेत आफ्नो मौलिक अनुसारको नाचगान लगायत सांस्कृतिक मनोरञ्जन लिने व्यवस्था मिलाएको सञ्चालकहरु बताउँछन् । पर्यटकहरुलाई बास, खाना तथा आरमको लागि निर्माण गरिएको होमस्टेमा पुग्न लार्चा सुख्खा बन्दरगाहबाट जम्मा ५ किलोमिटर मात्रै माथि पर्दछ । तर कच्ची सडक त्यसमाथि खाल्डाखुल्डी ज्यादै भएपछि पर्यटकलाई होमस्टेमा ल्याउन निकै कठिनायी झेल्नु परेको होमस्टे सञ्चालक पासाङ शेर्पाको बताउँछन् । ऐतिहासिक गढीजस्तो ठाउँमा पुग्ने सडकको स्तरोन्नति गर्न गाउँपालिकाले खासै चासो नदिएको उनको गुनासो छ ।  चीनसँग जोडिएको तातोपानी नाकासमेत यहि गाउँपालिकामा पर्दछ । आम्दानीको अन्य आर्थिक स्रोत नभएको गाउँपालिकामा तातोपानी नाकाको विकल्पमा रहेको पर्यटकीय गन्तव्यहरुको व्यवस्थीत गर्न सके स्थानीय नागरिकको रोजीरोटी तथा आर्थिक जीवन माथि उठ्न सक्ने आमा समूहकी अध्यक्ष पासाङबुटी शेर्पाको भनाइ छ । भोटेकोशी गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय गन्तव्य भैरवकुण्ड पुग्न पर्यटकहरुले सोही यार्मासिं होमस्टे, दुगुनागढीको बाटो प्रयोग गर्दछन् । भोटेकोशी गाउँपालिकामा दुगुनागढी, भैरवकुण्ड, लिस्तीमाई, नारानथान, बन्जीजम्प लगाएत दर्जनौ पर्यटकीय स्थलहरुमा पर्यटकहरुका लागि महीनौं दिनसम्म घुम्ने स्थानहरु रहेको गाउँपालिकाले जानकारी दिएको छ । पालिकामा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गर्न महत्वका साथ जनप्रतिनिधिहरु लागिरहेको पालिका अध्यक्ष राजकुमार पौडेलको भनाइ छ ।

मोटरसाइकल ‘ट्रेक’ को ‘हब’ बन्दै डोल्पा

डोल्पा । हिमाली जिल्ला डोल्पा मोटरसाइकल ‘ट्रेक’को प्रमुख गन्तव्य बन्न थालेको छ । देशका विभिन्न जिल्लाबाट मोटरसाइकलमा घुम्न आउने पर्यटकले भरिभराउ हुन थालेकाले यो जिल्ला पनि मोटरसाइकल ‘ट्रेक’को ‘हब’ बन्न थालेको हो । से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार यस वर्षमात्रै दुई हजार ५०० पर्यटकले ताल अवलोकन गरेका छन् । ताल हेर्न आउनेमा प्रायः आन्तरिक पर्यटक छन् […]