ललितपुरमा ‘बुंग महोत्सव’ सम्पन्न भएको छ। बुंगमतीमा शनिबार बिहान सम्पदा यात्राबाट सुरु भएको महोत्सवमा सांगीतिक र साहित्यिक प्रस्तुति आयोजना गरिएको थियो।
कार्यक्रममा ललितपुर महानगपालिका प्रमुख चिरिबाबु महर्जनले रातो मछिन्द्रनाथको मन्दिर अझै निर्माण सम्पन्न नभएको भन्दै त्यसलाई चाँडो निर्माण गर्नु पर्नेमा जोड दिएका थिए। मन्दिर निर्माण नहुँदा रातो मच्छिन्द्रनाथलाई अस्थायी मन्दिरमा…