मेसीको घरअगाडि जम्मा भए बार्साका फ्यान

बार्सिलोनाका फ्यानहरु मेस्सीलाई बिदाई गर्नका लागि उनको घर अगाडि जम्मा भएका छन् ।  क्याटालोनियाको कास्टेल्डिफेल्स जिल्लास्थित पहाडमा मेस्सीको आलिसान घर छ, जहाँ उनी श्रीमती र तीन छोरासँग बस्छन् । यसअघि आइतबारमात्रै मेस्सीले बार्सिलोनाको २१ वर्षे करियर टुंगिएको घोषणा गरेका थिए । मेस्सीले बार्सामा बस्नका लागि ५० प्रतिशत तलब घटाएर नयाँ सम्झौता गर्न समेत आफु तयार रहेको बताएका थिए । तर, स्पेनिस लिगको आर्थिक नियन्त्रण मापदण्ड र क्लबको ठूलो ऋणका कारणे यो संभव नभएको उनले जनाएका थिए । &

सम्बन्धित सामग्री

घाँटीमा झुड्याएर हिंड्न मिल्ले वेयरएवल एसी, गर्मी छल्ने गजबको काईदा !

चैत २२, काठमाडौं । गर्मीको समयमा मानिस घरबाट बाहिर निस्कन तथा काम गर्न असहज महसुस गरिरहेका हुन्छन् । यो समयमा गर्मीका कारण हुने छटपटीले मानिस बिरामी समेत हुने गर्छन । तर एक एयरकन्डिसनर निर्माण कम्पनीले अहिले राहात दिने विकल्प ल्याएको छ । विश्वमै पहिलो पटक शरिरमा झुड्याएर हिंड्न मिल्ने वेयरएवल एयर कन्डिसनर बजारमा आएको छ । द मेटाउरा कम्पनीले विश्वकै पहिलो पोर्टेबल एअरकन्डिसनिङ कुलर बनाएको बताएको छ । जसलाई मानिसले सजिलै आफ्नो शरिरमाा लगाएर अर्थात् घाँटीमा झुन्ड्याएर हिंड्न सक्छन् ।  यसको सहयोगले गर्मीबाट छुटकरा पाउनुका साथै चिसोपनको महसुस गर्न सक्ने बताइको छ । यसलाई विशेषगरी कुलिङ मोड र फ्यान मोड गरी दुई किसिमले प्रयोग गर्न सकिने पनि कम्पनीले उल्लेख गरेको छ । यसले फ्यान मोडमा ७ डिग्री फरेनहाइट चिसो हावा दिनेछ भने कुलिङ मोडमा १८ डिग्री फरेनहाइटसम्म चिसो दिने छ ।  यसलाई प्रयोग गर्न तथा हावाको गति तथा तापक्रम मेन्टेन गर्नका लागि एउटा छुट्टै एपको प्रयोग गर्नुपर्ने छ । वेयरएवल यो कन्डिसनर ट्विट  टर्वो पीडव्लुएम मोटरको सहायताले चलाइएको छ । यसमा २६ ओटा साना साना पंखा रहेका छन् । यसको भित्र लिक्विड कुल्ड, हिट ईक्वोलाईजेसनिङ मेकानिजम पनि राखिएको छ भने तातो हावालाई चिसो बनाउन १२१ जोडी सेमिकन्डक्टर्स लगाइएको छ ।  यूएसवी कनेक्टर चार्जरबाट चार्जिङ गर्न सकिने द मेट्टाउरा प्रो वेयरएवल कुलरको ब्याट्रीको पर्फर्मेन्स पनि राम्रो रहेको बताएको छ। यसको तौल जम्मा ४३५ ग्राम रहेकोले  सजिलै लगाएर हिंड्न सकिन्छ ।  तर यसबाट आउने आवाजको बारेमा भने कुनै उल्लेख गरिएको छैन । मध्यम वर्गका ग्राहकले समेत सहजै प्रयोग गर्न सक्ने गरी यसको मूल्य कायम भएको बताइएको छ ।

यसरी गरौं मेलम्ची विपत्‌को व्यवस्थापन

भ्रेमाथाङको भूबनोट तथा पहिरोजन्य सतही भौतिक प्रक्रिया, कुनै बेलाको पहिरोले खोला थुनेर बनाएको पोखरी र त्यसमा जम्मा भएको गेग्रान तथा पहिरोले जम्मा गरेको डेब्रिस फ्यान, खोलाले निरन्तर रूपमा झर्दै/गर्दै आइरहेको पहिरो र भीरको ‘टो’ कटिङ, भूस्खलन तथा यसले निम्त्याएका अन्य पहिरो, उपल्लो तटमा जलवायु परिवर्तनको असरले अहिले बढी सक्रिय देखिएका पेम्दाङ खोला र मेलम्ची खोलाका दायाँबायाँ बढेका सानाठूला पहिरो आदिको समग्र असरले गर्दा, आकलन गरिएजस्तै, मेलम्ची विपत्को सुरुआत भएको देखिन्छ ।