गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० हुने, मेलामा जानेको खाता खोलेर ३ सय जम्मा गरिदिने

काठमाडौं । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८० हुने भएको छ । फ्लोरिकल्चर एशोसियसन (फ्यान) ले २०५१ सालदेखि नै पुष्प व्यवसायको व्यवसायिक विकास, विस्तार तथा प्रवर्द्धनका लागि लगातार रुपमा पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ । तिहार पर्व नजिकिँदै गर्दा घर आगन बगैंचा सजाउन तथा स्वागत सत्कारमा विशेष प्रयोग हुने फूलको सहज उपलब्धता गराउन […]

सम्बन्धित सामग्री

तिहार नजिकिएको झल्को दिने प्रदर्शनी ! [तस्वीरहरू]

ललितपुर । फूलहरूको चाड तिहार नजिकिँदा ललितपुरमा फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।  ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा मंगलवारबाट १६ औं गोदावरी पुष्प मेला तथा प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको हो । उक्त प्रदर्शनी यही कात्तिक १८ गतेसम्म सञ्चालन हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)द्वारा आयोजित मेलाको उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसालले गरेका थिए । प्रदर्शनीमा १०० रुपैयाँदेखि करिब १५ हजार रुपैयाँसम्म फूलहरु राखिएको छ ।  फ्यानका अनुसार प्रदर्शनीमा ७० ओटा भन्दा बढी स्टल राखिने छन् । मेलामा करीब ४० हजारले प्रत्यक्ष अवलोकन गर्ने र एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ ।

गोदावरी पुष्प मेलामा ८१ लाखको कारोबार

७ कात्तिक, काठमाडौं । ललितपुरमा आयोजित १५ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आइतबार सकिएको छ । मेलामा ८१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको मेला आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेलामा ४४ हजार पाँच सयले अवलोकन गरेको पनि तामाङले बताए । चार दिनसम्म सञ्चालनमा आएको मेला अपेक्षा गरिएभन्दा पनि सफल […]

ललितपुरमा शुक्रबारदेखि गोदावरी मेला

काठमाडौँ– आगामी शुक्रवारदेखि ललितपुरको जावलाखेल मैदानमा १४ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी मेला शुरु हुने भएको छ । विशेषगरी गोदावरी फूलको विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले वर्षेनि मेला सञ्चालन गरिँदै आएको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) ले जनाएको छ । साथै यस वर्षको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आगनभरी’ रहेको छ । मेलामा व्यावसायिक स्टल […]

पुष्प मेला अवलोकन गर्नेको भीड, ५० लाख बढीको कारोबार

बाह्रौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भीड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भीड लागेको हो । तेस्रो दिनसम्ममा ३९ हजार बढीले अवलोकन गरेको मेलामा ५० लाख रुपैयाँको फूल बिक्री भएको छ । प्रदेश नम्बर ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र पुष्प विकास केन्द्रको सहयोगमा बिहीबारदेखि फ्लोरीकल्चर एसोसिएसनले मेला आयोजना गरिरहेको छ ।