भ्रेमाथाङको भूबनोट तथा पहिरोजन्य सतही भौतिक प्रक्रिया, कुनै बेलाको पहिरोले खोला थुनेर बनाएको पोखरी र त्यसमा जम्मा भएको गेग्रान तथा पहिरोले जम्मा गरेको डेब्रिस फ्यान, खोलाले निरन्तर रूपमा झर्दै/गर्दै आइरहेको पहिरो र भीरको ‘टो’ कटिङ, भूस्खलन तथा यसले निम्त्याएका अन्य पहिरो, उपल्लो तटमा जलवायु परिवर्तनको असरले अहिले बढी सक्रिय देखिएका पेम्दाङ खोला र मेलम्ची खोलाका दायाँबायाँ बढेका सानाठूला पहिरो आदिको समग्र असरले गर्दा, आकलन गरिएजस्तै, मेलम्ची विपत्को सुरुआत भएको देखिन्छ ।