काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूले केही सर्तसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको बताउनुभएको छ ।
सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचारको विषयमा निर्मम बन्ने र अहिलेसम्मका भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग बनाउने सर्तमा आफूहरूले प्रचण्डलाई सघाउको बताउनुभयो ।
यस्तै विदेशमा रहेका नेपालीलाई मताधिकार, उनीहरूलाई स्वदेशमै रोजगारी र विदेशमा समस्या पर्दा उद्धार टोलीको व्यवस्थालगायतका काम गर्...