यो हप्ताको २०औं पार्टी महाधिवेशन सुरु हुनुअघि चीन बाहिर थोरै मानिसले मात्र ली छ्याङको नाम सुनेका थिए । तर अब उनी सी जिनपिङपछि चीनको दोस्रो सबैभन्दा शक्तिशाली नेता बन्न लागेका हुन् । योसँगै उनी आगामी वार्षिक विधायकी अधिवेशनबाट चीनको प्रधानमन्त्री बन्ने तयारीमा छन् । चीनमा सांघाई पहिलेदेखि शीर्ष राष्ट्रिय नेताहरूको जन्माउने प्रशासनीक इकाईको रुपमा परिचित थियो । तर ली छ्याङअघिका प्रधानमन्त्री बनेकाहरू उप–प्रधानमन्त्री बनेपछि सो पदमा पदोन्नति हुन्थे । तर ली छ्याङसँग त्यो अनुभव छैन । आ