दैनिक २ हजार पर्यटक

काठमाडौं । कोभिड–१९ को संक्रमण घट्ने क्रमसँगै नेपाल आउने विदेशीको संख्या बढ्न थालेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार अचेल दैनिक नेपाल आउने विदेशी पर्यटकको संख्या २ हजार पुगेको छ । गत अप्रिल १ देखि १० सम्मको तथ्यांकअनुसार दैनिक लगभग २ हजार विदेशी नेपाल आइरहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार अप्रिल १ मा २ हजार ५१३ विदेशी पर्यटक नेपाल आएका थिए । पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर नगण्य रहेकाले पर्यटक आउने क्रम एकाएक बढेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उनले भने, ‘कोरोना जोखिम शून्यजस्तै छ, त्यसैले पर्यटक आउने क्रम बढेको छ, आगामी दिनमा अझै बढ्छ ।’ गत जनवरीदेखि मार्चसम्म कुल ७८ हजार १८२ विदेशी पर्यटक आएका थिए । नेपाल आउने विदेशीको संख्या बढिरहेको, विमानस्थलमा एउटा मात्र एटीएम रहेको र सफ्टवेयरले काम नगर्दा विद्युतीय कारोबार अवरुद्ध हुन सक्ने भन्दै कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्यसो गर्दा अनअराइभल भिसाको शुल्क तिर्न सजिलो हुने कार्यालयको भनाइ छ । कार्डको भरमा आउँदा विमानस्थलको विद्युतीय कारोबार गर्ने सफ्टवेयरले काम नगरेको खण्डमा शुल्क तिर्न नपाएर भिसा नलाग्ने समस्या आउँछ । अनि पर्यटक लामो समय विमानस्थलमै अड्किन सक्छन् । त्यसैले कार्यालयले भिसा शुल्क बुझाउन सजिलो हुने भन्दै २ सय अमेरिकी डलर बराबर परिवत्र्य विदेशी मुद्रा बोकेर आउन सुझाएको हो । गौतमबुद्ध विमानस्थल वैशाख ८ बाट चल्ने निर्माण सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै सोहीअनुसार काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । मन्त्री आलेले कोरोना जोखिम घटेकाले अब विमानस्थल २४सै घण्टा सञ्चालन गर्नसमेत नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् । साबिकको १ हजार ५ सय मीटर लामो धावनमार्ग बन्द गरेर अब ३ हजार मीटर लामो नयाँ धावनमार्ग सञ्चालन हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।  रासस

सम्बन्धित सामग्री

फेब्रुवरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा […]

अन्नपूर्ण पदमार्गमा २१ हजार पर्यटक

लमजुङ– अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।  यस केन्द्रका इञ्चार्ज भूपेन्द्र […]

८ महिनामा ३ लाख २३ हजार पर्यटक

सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए।जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमशः वृद्धि हुँदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए ।उनले भने, “कोभिङ(१९ पछिको पर्यटक आगमन दरमा क्रमशः सुधा

जनवरीमा १७ हजार पर्यटक नेपालमा

काठमाडौं । सन् २०२२ को जनवरीमा विभिन्न मुलुकबाट १६ हजार ९ सय ७५ पर्यटक नेपाल आएका छन् । कोभिड महामारीका कारण पर्यटक आगमन निरन्तर घट्दो क्रममा रहेको बेला गत जनवरीमा पर्यटक आगमन उल्लेख्य मात्रामा बढेको हो । यो संख्या सन् २०२१ को जनवरीको तुलनामा ९१.३ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा ८ हजार ८ सय […] The post जनवरीमा १७ हजार पर्यटक नेपालमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनवरीमा १७ हजार पर्यटक भित्रिए

अंग्रेजी वर्ष २०२२ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा हवाई मार्ग हुँदै १६ हजार ९७५ जना पर्यटक नेपाल भित्रिएका हुन् ।यो महिना भारतबाट सबैभन्दा बढी ३ हजार ९१६ पर्यटक नेपाल आएका छन् । त्यसैगरी बंगलादेशबाट १२ सय ३६, चीनबाट ३२१, […]

जनवरीमा भित्रिए १७ हजार पर्यटक

२० माघ, काठमाडौं । सन् २०२२ को पहिलो महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार जनवरी महिनामा १७ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका हुन् । यो सन् २०२१ को जनवरीमा ८ हजार ८ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए । नेपाल […]

अंग्रेजी नयाँ वर्षमा बन्दीपुरमा आठ हजार पर्यटक

काठमाडौं : अंग्रेजी नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आठ हजार पर्यटक पुगेका छन्।अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबार र शनिबार आठ हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन्। नयाँ वर्षको अवसरमा बन्दीपुरमा दुई दिन खाना महोत्सव गरिएको थियो।क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले नयाँ वर्षको अवसरमा बन्दीपुरमा आन्तरिक पर्यटक खचाखच भरिएको भएको जानकारी दिए। ‘विदेशी पर्यटक पाँच÷छ जनामात्रै देखिए, बाँकी सबै आन्तरिक पर्यटकले बन्दीपुर भरिभराउ भए’, उनले भने।बन

एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

१७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने […]

छ महिनामा ५८ हजार विदेशी पर्यटक  भित्रिए

काठमाडौं : कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निरासाजनक देखिन्छ। महामारीकैबीच पनि झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आइरहेका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को छ महिनामा ५८ हजार ५८ विदेशी पर्यटक भित्रिएका छन्। जुन महिनामा जम्मा एक हजार १४३ पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन्। सोही महिनामा अघिल्लो सन् २०१९ मा ४४ हजार ३६९ थियो। सन् २०२० को यही महिन

दुई महिनामा १८ हजार पर्यटक भित्रिए

कोरोना महामारी नियन्त्रणमा आउन थालेसँगै विदेशी पर्यटक आगमनमा पनि सुधार देखिएको छ । अंग्रेजी वर्षको पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा गरी १८ हजार पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार जनवरीमा ८ हजार ८ सय ७४ र फेब्रुअरीमा ९ हजार १ सय ४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यीमध्ये भारतीय ८ हजार ७ सय ९१, चिनियाँ २ हजार ५ सय ८५ र अमेरिकी १ हजार ९ सय ९४ जना छन् । सन् २०२० भर भने २ लाख ३० हजार पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । कारोबार दैनिकमा खबर छ ।