नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ। चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो। बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।
नवलपरासी । नवलपरासी प्रहरीले ७८ लाख रुपैयाँ बराबरका मोबाइल सेट बरामद गरेको छ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा दुम्किवासबाट गएराती ५ सय ९५ थान मोबाइल बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले कारमा लैजादै गरेका मोबाइल सेटसहित २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा […]
१ माघ, काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाले भन्सार छलेर ल्याइएका २९ वटा मोबाइल बरामद गरेको छ । बनेपा बसपार्कमा रहेको ब्रदर्स मोबाइल पसलबाट १० लाख रुपैयाँ बराबरका मोबाइल बरामद गरिएको हो ।
बनेपाका प्रहरी निरीक्षक …