काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तारलाई भूमिगत (अन्डर ग्राउण्ड) गर्ने काम निषेधाज्ञाका बेला पनि निरन्तरता दिएको छ। प्राधिकरणले अहिले धोबीखोला करिडोरको सेतोपुल‚ रातोपुल, कालोपुललगायत ठाउँमा तारलाई भूमिगत गर्दै आएको छ।कामदारका अनुसार धोबीखोला करिडोरको करिब तीन किलोमिटर तारलाई भूमिगत गर्न सकिएको छ। प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गरिरहेको बताए।उनले भने, ‘कोरोना जोखिमका कारण अहिले पनि निषेधाज्ञा जारी छ, तै पनि कामदार