मोरङ पुगेर उद्योग मन्त्रीले भने, ‘जनार्दन शर्माले जथाभावी करका दर तोकेर लथालिङ्ग बनाईदिए’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजेटमार्फत केही उद्योगमा करका दरहरु जथाभावी फेरबदल गरिएको स्वीकार गरेका छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्माको नाम नलिई उद्योगमन्त्री बडूले उद्योग लक्षित करका दरहरु परिवर्तन गरेर औद्योगिक वातावरण बिगार्ने कोसिस भएको बताएका हुन् । उनले आफूले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई औद्योगिक क्षेत्रमा अस्वभाविक रुपमा गरिएको गरिएको करका दर हेरफेरलाई लागू नगर्न आग्रह गरेको पनि बताए । ‘मैले प्रधानमन्त्री ज्यूसमक्ष परिवर्तन गरिएका करका दरहरुलाई पूर्ववत् रुपमै राखौँ भनेर भनिसकेको छु’ उनले भने, ‘केही उद्योग लक्षित करका दर हेरफेर गरिएको देखिएकै छ, यो प्रधानमन्त्रीले पनि बुझ्नु भएको छ ।’मोरङ व्यापार संघमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले औद्योगिक वातावरण बिग्रन नदिन सरकार सचेत रहेको दाबी पनि गरे । रुग्ण उद्योग सञ्चालन गर्न सरकारले तयारी गरिरहेको जानकारी गराउँदै उनले विराटनगर जुटमिल सञ्चालन गर्ने वा भाडामा दिने भन्ने विषयमा अध्ययन भईरहेको पनि जनाए । मोरङ व्यापार संघका अध्यक्ष नवीनरिजालले बजेटमार्फत वायर, सेनेटरी प्याड र घिउ, तेल उद्योगमाथि प्रहार हुने गरी करका दर तय गरेकाले यी उद्योगहरु बन्द हुन थालिसकेको जानकारी गराएका थिए । 

सम्बन्धित सामग्री

करका दर विवाद र यथार्थता

अर्थमन्त्रीले बजेटमार्फत राजस्वका दर चलाउने र त्यसको सर्वसाधारणदेखि सदनसम्म चर्को विवाद हुने रोग बन्दै गएको छ । पछिल्ला तीन–चार वर्षका बजेटमा गरिएका करका दर परिवर्तनमा यस्ता धेरै विवाद आएका छन् । त्यसमा पनि गत वर्षको बजेटमा आएको विवादले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा समेत दिनुपरेको थियो । यो वर्ष पनि यस्तै विवाद झिकिएको छ । करका […]

जनार्दनको जवाफ : बजेट राष्ट्रको स्वार्थमा छ, परिणामले देखाउने छ

१४ साउन, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको भन्ने आरोप संसदीय समितिले गरेको छानबिनबाट पुष्टि हुन सकेन । संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरिएको भन्ने आरोप लागेपछि […]

संसदीय समितिको १३८ पृष्ठ लामो प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

बजेट निर्माणका क्रममा करका दर हेरफेर भएको भनिएको विषयमा संसदीय समितिले १७ दिन लगाएर गरेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ।  प्रतिवेदनमा अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप पुष्टि हुन सकेन । यससँगै करका दर हेरफेर गराउन भूमिका खेलेको भनि लागेको आरोपमा शर्मालाई सफाइ मिलेको छ ।

शर्माले क्लिनचिट पाएपछि अबको अर्थमन्त्री को?

काठमाडौँ – अनधिकृत व्यक्तिमार्फत करका दर हेरफेर गरेको  प्रकरणमा जनार्दन शर्माले सुनियोजित सफाइ पाएपछि भावी अर्थमन्त्रीको खोजी सुरु भएको छ। चाँडै चुनावको मिति घोषणा गर्ने तयारी र चुनावपछि मन्त्रिपरिषद हेरफेर गर्न नमिल्ने भएकाले तत्कालै अर्थमन्त्री नियुक्त गर्नुपर्ने दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धन परेका छन्। गठबन्धनबाट माओवादीको भागमा अर्थ मन्त्रालय परेकाले अब परिपूर्ति गर्दा […]

छानबिन समितिको बैठकपछि ज्ञवाली र गुरुङको छुट्टै छलफल

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर हेरफेर गर्न लगाएको विषयमा छानबिन गर्न गठित संसदीय समितिले मंगलबारदेखि काम थालेको छ। जेठ १४ गते राति व्यापारिक घरानाका प्रतिनिधिलाई करका दर हेरफर गर्न लगाएको तथ्य सर्वाजनिक भएपछि शर्मामाथि छानबिन गर्न ११ सदस्यीय समिति बनेको छ। समितिलाई छानबिन गरेर प्रतिवेदन बुझाउन १० दिनको […]

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि उनले आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।उनीमाथि बजेटबारे अनाधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्। २०७९/८० को बजेट बनाउँदा

अर्थमन्त्रीमाथि छानविन गर्न संसदीय विशेष समिति गठन, काे-काे छन् समितिमा?

प्रतिनिधि सभाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको विषयलाई लिएर ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ।...

अर्थमन्त्रीमाथि ओलीको आरोप : व्यापारीसँग कमिसन खाएर करका दर तोके

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’  अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका

अर्थमन्त्रीमाथि छानबिनको माग गर्दै एमालेले संसद बैठक अवरोध गर्‍यो

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई अनुमति दिएको विरोधमा संसद अवरोध गरेको छ। मंगलबार घटनाबारे अर्थमन्त्री शर्माले संसदमा सार्वजनिक भएको कुरा सत्य नभएको जावाफ दिए पनि एमालेले घटनाको छानबिन गर्न माग गर्दै सदन अवरोध गरेको हो। सदनमा शर्माले भने, ‘काल्पनिक कुरा बाहिर ल्याइएको […]