काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। शर्मामाथि राजीनामाको चौतर्फी दबाब बढेपछि उनले आज संसदमा आफ्नो धारणा राख्दै राजीनामाको घोषणा गरेका हुन्।उनीमाथि बजेटबारे अनाधिकृत व्यक्तिको प्रवेशमा करका दर हेरफेर गराएको विषय छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको छ। समितिले १० दिन भित्रमा सत्यतथ्य छानबिन गरी घटनाको यथार्थ बाहिर ल्याउनेछ। अर्थमन्त्री शर्माले समितिलाई काम गर्नमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने पनि बताएका छन्। २०७९/८० को बजेट बनाउँदा