लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को बजेट बागमती, गण्डकी र कर्णाली प्रदेशको बजेटको नक्कल गरेको पाइएको छ । अर्कै प्रदेशका योजनालाई बजेटमा समावेश गरिएपछि बजेट नक्कल गरेको पाइएको हो ।चालु आर्थिक वर्षका लागि प्रस्तुत योजना तथा कार्यक्रममा अन्य प्रदेशका चारवटा योजनाका लागि करिब पौने करोड रकम विनियोजन भएको छ । यसबाट प्रदेश सरकारको कार्यक्षमतामाथि नै प्रश्न उब्जेको भन्दै आलोचना भएको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले ४२ अर्ब ६३ करोड ५७ लाख रु