चालु आर्थिक वर्षको सात महिनामा विप्रेशण अप्रबाहमा गिरावट आएको छ । चालू आवको माघसम्ममा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटी ५१३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८.५ प्रतिशतले बढेको थियो ।
विप्रेषण आप्रबाहमा कमी आएको छ भने मूल्य वृद्धि बढेको छ । २०७६ माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो ।