काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच खेल हुनेछ । यी दुई खेल आज राति पौने ९ बजे सुरु हुनेछन् ।
यो समूहमा क्रोएसिया माथि छ । उसले बेल्जियमसँग जिते वा बराबरी गरे दोस्रो चरण सुरक्षित देखिन्छ । क्यानडालाई जिते वा बराबरी गरे मोरक्को पनि अन्तिम १६ मा पुग्न सक्छ । तर बेल्जियम क्रोएसियालाई हराएमा दोस्रो चरणमा पुग्...