काठमाण्डाै – भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन् ।
नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलकाे एक दिनअघि भएको पत्रकार सम्मेलनका क्रममा सुनीलले आमाको प्रेरणाले आफू फुटबलमा जोडिएको बताएका हुन् । आमाको सहयाेग प्रवृत्तिबाट फुटबलमा लाग्ने वातावरण मिलेको उनले बताए ।
पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनीलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन् । उनका नातेदार नेपाल झापा, पोखरा र काठमाण्डाैमा छन् । फुटबल खेल सक...