कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर

९ माघ, काठमाडौं । कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर भएको देखिएको छ ।   युनिसेफ नेपाल र शेयरकाष्ट ईनिशियटिभले १९ महिना लगाएर ६ हजार परिवारमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी ८० प्रतिशत अभिभावकले आफ्नो बालबालिकाको पढाइमा कमजोर भएको अनुभव गरेको बताएका छन् । भर्चुअल माध्यमबाट सहभागी हुँदा गृहकार्य गर्न चुनौती हुनुका साथै पढाइ […]

सम्बन्धित सामग्री

लगातार अनलाइन कक्षामा बस्दा बिश्वका बालबालिकाहरुको आँखा कमजोर हुँदै

काठमाडौं । कोरोना महामारीको कारण लगातार अनलाइन कक्षामा बस्दा बिश्वका बालबालिकाहरुको आँखा कमजोर हुँदै गएको एक अध्ययनले देखाएको छ । बेलायतबाट प्रकाशित हुने एक जर्नलले हालै प्रकाशन गरेको शोधका अनुसार अनलाइन कक्षाको लागि बालबालिका विद्युतीय उपकरणहरुमा घण्टौं बस्नुपर्ने भएकाले उनीहरुको आँखामा असर पर्नुका साथै उनीहरुको दृष्टीशक्ति पनि कमजोर हुँदै गएको छ । हङकङमा ६ बर्षदेखि […]

कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकामा सन्तुलित पोषणको समस्या

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएकाे भन्दै चिन्ता जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी गरिब र सबैभन्दा कमजोर समुदाय तथा परिवारका बालबालिकाको पौष्टिक सम्पन्नताको अवस्थालाई खतरा पुर्‍याएकाे बताउनुभएको छ । बालबालिका र युवाको आवाजलाई केन्द्रविन्द...

निःशुल्क भर्ना अभियान सञ्चालन गर्दै प्यूठानका स्थानीय

प्यूठान । प्यूठानको ग्रामीण क्षेत्रका धेरै बालबालिका शिक्षाको पहुँच बाहिर छन् । आर्थिक अवस्था कमजोर हुँदा धेरैले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता छ । यही तथ्यलाई दृष्टिगत गर्दै जिल्लाका केही स्थानीय तहले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा लागू गर्ने भएका छन् । आगामी आव २०७८/७९ को नीति, कार्यक्रम र बजेटमा निःशुल्क शिक्षाका लागि बजेट समेत विनियोजन गरिएको छ । पालिकाभित्रका सबै बालबालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउन यो कार्यक्रम ल्याइएको हो । वैशाखमा नयाँ शैक्षिक सत्र शुुरू हुनुपर्ने भए पनि कोरोना महामारीका कारण असारबाट मात्र नयाँ शैक्षिक सत्र शुरू भएको छ । कोरोनाका कारण अभिभावकको आयस्रोतमा कमी भएपछि जिल्लाको झिमरुक गाउँपालिकाले भने निःशुल्क विद्यार्थी भर्ना अभियान थालेको छ । नेपाल सरकारले निःशुल्क शिक्षा लागू गरे पनि प्यूठानका सामुदायिक विद्यालयले अस्थायी, निजी शिक्षकको तलबका लागि भन्दै विद्यार्थीबाट भर्ना शुल्क लिँदै आएका थिए । तर, स्थानीय तहले बजेट विनियोजन गरेपछि विद्यार्थीले शुल्क तिर्नुपर्ने बाध्यता हटेको हो । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । ‘सरकारले निःशुल्क शिक्षा घोषणा गरे पनि पालिकाका सामुदायिक विद्यालयले निजी शिक्षकका लागि भन्दै विद्यार्थीबाट भर्नाबापतको रकम लिँदै आएका थिए,’ उनले भने, ‘तर अहिलेदेखि पालिकाले विद्यार्थीको भर्ना निःशुल्क गरेको छ, पैसा नभएर अब विद्यालय जान नपाउने तथा बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता हुँदैन ।’ झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाबाट ३५ लाख रुपैयाँ उठाउँदै आएका थिए । तर विद्यार्थी भर्नाका नाममा उठाउँदै आएको रकम पालिकाले व्यवस्था गरेपछि अभिभावक तथा विद्यार्थी भने खुशी भएका छन् । अहिले प्यूठानमा भर्ना शुल्क तिर्नुपर्ने बाध्यता हटेपछि आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि विद्यालय पठाउन सक्ने अवस्था आएको छ । जिल्लाको प्यूठान नगरपालिकाले गतवर्षदेखि नै निःशुल्क विद्यार्थी भर्ना गर्दै आएको छ । सरकारको नीति नै निःशुल्क शिक्षा प्रदान गर्ने भए पनि सरकारी विद्यालयमा आवश्यक शिक्षक नहुँदा विद्यालयले निजी कोटामा शिक्षक राख्दै आएका थिए, जसका लागि विद्यार्थीबाट भर्ना शुल्क उठाउनुपर्ने बाधयता थियो । तर, अहिले यस वर्ष केन्द्र सरकारदेखि स्थानीय तहसम्मले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

बालबालिका भारत जानेक्रम अझै रोकिएन

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका अभिभावकसँग कामका खोजीमा भारत जाने गरेका छन् । कोरोना कहर जारी रहँदा पनि बालबालिका भारत जाने […]

निःशुल्क भर्ना अभियान सञ्चालन गर्दै प्यूठानका स्थानीय तह

असार २३, प्यूठान । अझैपनि ग्रामीण क्षेत्रको शिक्षामा सबैको समान पहुँच पुग्न सकेको छैन । जसका कारण पनि प्यूठानका धेरै बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहेका छन् भने आर्थिक अवस्था कमजोर हुँदा धेरैले बिचमै पढाइ छोड्नुपर्ने बाध्यता छ ।  तर, प्यूठानको केही स्थानीय तहले शिक्षामा सबैको समान पहुँच पुर्‍याउन भन्दै कक्षा १ देखि कक्षा १० सम्म निःशुल्क शिक्षा लागू गर्ने भएको छ । प्यूठानका स्थानीय तहले आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम र बजेटमा निःशुल्क शिक्षाका लागि बजेट विनियोजन गरेको छ ।  पालिकाभित्रका सबै बालबालिकालाई विद्यालय क्षेत्रभित्र ल्याउन यो कार्यक्रम ल्याएको ल्याएका हुन् । वैशाखमा नयाँ शैक्षिक शत्र शुुरु हुनुपर्ने भएपनि कोरोना महामारीका कारण असारबाट मात्र नयाँ शैक्षिक शत्र शुरु भएको छ ।  कोरोनाका कारण अभिभावकको आयस्रोतमा कमी भएपछि प्यूठानको झिमरुक गाउँपालिकाले भने निःशुल्क विद्यार्थी भर्ना अभियान थालेको छ । नेपाल सरकारले निःशुल्क शिक्षा लागू गरेपनि प्यूठानका सामुदायिक विद्यालयले अस्थायी, निजी शिक्षकको तलबका लागि भन्दै विद्यार्थीबाट भर्ना शुल्क लिदै आएका थिए ।  तर, स्थानीय तहले बजेट विनियोजन गरेपछि विद्यार्थीले शुल्क तिर्नुपर्ने बाध्यता हटेको हो । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जीसीले बताए । ‘सरकारले निःशुल्क शिक्षा घोषणा गरेपनि पालिकाका सामुदायिक विद्यालयले निजी शिक्षकका लागि भन्दै विद्यार्थीबाट भर्ना बापतको रकम लिदै आएका थिए’ तर अहिलेदेखि पालिकाले विद्यार्थीको भर्ना निःशुल्क गरेको छ’ उनले भने, ‘अब केहि पनि पैसा नभएर विद्यालय जान नपाउने तथा बिचैमा पढाइ छाड्नु पर्दैन ।’ झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाबाट ३५ लाख रुपैयाँ उठाउँदै आएका थिए । तर विद्यार्थी भर्नाका नाममा उठाउँदै आएको रकम पालिकाले व्यवस्था गरेपछि अभिभावक तथा विद्यार्थी भने खुसी भएका छन् । अहिले प्यूठानमा भर्ना शुल्क तिर्नुपर्ने बाध्यता हटेपछि आर्थिक अवस्था कमजोर भएका अविभावकले पनि विद्यालय पठाउन सक्ने अवस्था आएको अभिभावकको भनाइ छ ।  त्यस्तै, प्यूठानको प्यूठान नगरपालिकाले गत वर्षदेखि नै निःशुल्क विद्यार्थी भर्ना गर्दै आएको छ । सरकारको नीति नै निःशुल्क शिक्षा प्रदान गर्ने भएपनि सरकारी विद्यालयमा आवश्यक शिक्षक नहुँदा विद्यालयले निजी कोटामा शिक्षक राख्दै आएका थिए ।  जसका लागि विद्यार्थीबाट भर्ना शुल्क उठाउनुपर्ने बाधयता रहेको थियो । तर, अहिले यस वर्ष केन्द्र सरकारदेखि स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । जसले गर्दा शिक्षा क्षेत्रमा केहि सुधार हुने विश्वास गरिएको छ ।

कोरोना महामारी : मानसिक र शारीरिक रुपमा कमजोर बन्दै बालबालिका

विद्यालय बन्दको असर काठमाडौं- विश्व कोराना भाइरस (कोभिड–१९) को महामारीसँग जुधिरहेको छ। एक वर्षअघि चीनबाट फैलिएको कोरोना महामारी अझै नियन्त्रणमा आएको छैन। जसका कारण कोरोना...

जाडोमा कोरोनाको जोखिम झन् बढी, यी कुरामा ख्याल गरौँ

जाडो समयमा अरु रोगसहित कोरोना भाइरसको जोखिम पनि बढी हुन्छ ।  सामान्यतया गर्मीबाट जाडो मौसममा प्रवेश गर्दा शरीरको रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ ।  वृद्धवृद्धा, बालबालिका दीर्घरोगी तथा अरु विभिन्न खालका रोग भएका व्यक्तिहरु धेरै प्रभावित हुने गर्छन् ।  जाडो मौसममा खासगरी कोरोनासँगै मौसमी फ्लू, पखाला लगा...