काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी र द्वन्द्वका कारण बालबालिकाको पोषण र स्वास्थ्य सङ्कटको अवस्था निम्तिएकाे भन्दै चिन्ता जनाएको छ ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बढ्दो गरिबी, असमानता, द्वन्द्व, मौसम परिवर्तन र कोरोनाको भयावह संयोजनले खाद्य प्रणालीमा थप खतरा सिर्जना गरेको र यसबाट विशेष गरी गरिब र सबैभन्दा कमजोर समुदाय तथा परिवारका बालबालिकाको पौष्टिक सम्पन्नताको अवस्थालाई खतरा पुर्याएकाे बताउनुभएको छ । बालबालिका र युवाको आवाजलाई केन्द्रविन्द...