चीनको मानवअधिकार रेकर्डका विषयमा आपत्ति जनाउँदै अमेरिकाले बेइजिङको आयोजनामा हुन लागेको शीतकालीन ओलम्पिक कूटनीतिक रूपमा बहिष्कार गर्न मन बनाएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले बिहीवार त्यसको पुष्टि गरेका हुन् ।
अल्पसंख्यक मुसलमानहरूका विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अमेरिकाले यो कदम चाल्न खोजेको हो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको बैठकअघि ओलम्पिक बहिष्कार सम्बन्धी प्रश्न सोधिएको थियो र बाइडनले यसमा विचार गरिरहेको बताए ।
कूटनीतिक बहिष्कार भन्नाले फेब्रुअरी महिनामा हुन ...