शिक्षा र स्वास्थ्यमा उदाहरणीय बन्दै गोदावरी : आफ्नै इन्जिनियरिङ कलेज, हरेक वडामा चिकित्सकीय सेवा

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पुराना शिक्षक हटाएर गणित, विज्ञान र अंग्रेजी पढाउने नयाँ शिक्षक नियुक्ति ललितपुरको गोदावरी नगरपालिकाले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा तुलनात्मक रूपमा उदाहरणीय काम गरिरहेको छ । नगरपालिकाले...

सम्बन्धित सामग्री

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्...

नेकको प्रिन्सिपलमा भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको कार्यकारी प्रिन्सिपलमा एसोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिको मंगलबार बसेको २३ औ बैठकले इन्जिनियर भण्डारीलाई कार्...

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं (अस) । एशिएन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेता घोषणा गरेको छ । पेन्ट्सले  यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो । प्रतियोगिताको विजेता आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् । उनले ७० हजार नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै फस्र्ट रनरअप एक्मी इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । सेकेन्ड रनरअप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवर भएका थिए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कार विजेताहरूमा आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठ रहेकी थिइन् । उनीहरूले जनही १० हजार रुपैयाँ नगद पाए । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको कम्पनीले दाबी गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार यस अघिदेखि नै नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग तथा केही प्रतिष्ठित लाइभ परियोजनामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिँदै आएको छ । क्यालिडोस्कोपको पहल मार्फत विद्यार्थीले आफ्नो सृजनशीलता व्यक्त गर्ने र उपलब्धिको भावना विकास गर्ने अवसर पाउने विश्वास कम्पनीले लिएको छ । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वप: इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा सचिव यादवप्रसाद कोइराला र विशेष अतिथि गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबाबु कँडेल थिए ।

रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्ने सहमति

भदौ २३, चितवन । चितवनको रत्ननगर नगरपालिकामा इन्जिनियरिङ कलेज खुल्ने भएको छ । पोखरा विश्व विद्यालयको आंगिक कलेजको रुपमा रत्ननगरमा इन्जिनियरिङ कलेज खुल्ने सैद्धान्तिक सहमति भएको हो ।  मंगलवार रत्ननगरमा भएको तेस्रो चरणको छलफल पछि रत्ननगर नगरपालिका वडा नम्बर १२ वागदेवी स्कुलको जग्गामा इन्जिनियरिङ कलेज खोल्ने पक्का भएको हो ।  पोखरा विश्व विद्यालयका उपकुलपति प्रेमनारायण आचार्य र रत्ननगरका मेयर नारायण वनकोको बीचमा इन्जिनियरिङ कलेज सञ्चालनको लागि प्रक्रिया अगाडि बढाउने भएका छन् । सहमतिमा रत्ननगर नगरपालिकाले इन्जिनियरिङ कलेजका लागि दुई विघा २ कठ्ठा जग्गा विश्व विद्यालयलाई उपलब्ध गराउने निर्णय गरिसकेको छ ।  इन्जिनियरिङ कलेज सञ्चालनको लागि एक हप्ता भित्र कार्यदल बनाउने र मन्त्रिपरिषद्बाट स्वीकृत गराउन सर्वपक्षिय पहल गर्ने निर्णय भएको मेयर वनले जानकारी दिए । रत्ननगरमा इन्जिनियरिङ कलेज खोल्ने विषयमा पहिलो चरणमा स्थलगत अवलोकन, दोस्रो र तेस्रो चरणमा प्रक्रिया र आर्थिक व्यवस्थापनको विषयमा छलफल भएको छ ।  मेयर वनले कलेज सञ्चालनको लागि क्षमता अनुसार आर्थिक व्यवस्थापनको पक्षमा आफू सकारात्मक रहेको बताए । वनले रत्ननगर नगरपालिकालाई शैक्षिक हब बनाउने योजनामा आफू रहेको बताए । ‘सामुदायिक विद्यालयहरुमा हामीले प्राविधिक शिक्षा शुरु गरिरहेको छौं उनले भने, अब इन्जिनियरिङ कलेज सञ्चालन भएपछि शिक्षाको विकासमा रत्ननगरले फड्को मार्ने छ ।’ उपकुलपति आचार्यले रत्ननगरमा कलेज सञ्चालनको लागि प्रक्रियागत रुपमा काम अगाडि बढाउने बताए । कलेज सञ्चालनको लागि ठूलो आर्थिक भार हुने भन्दै उनले नगरपालिकाले सञ्चालन मध्येको केही खर्च मात्र उपलब्ध गरे हुने उनले बताए ।  पूर्व शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले विश्वाविद्यालय, रत्ननगरका जनप्रतिनिधि, शिक्षा प्रेमीहरुको दिमाखमा इन्जिनियरिङ कलेज खुलिसकेको भन्दै प्रक्रिया मात्र अगाडि बढाउन बाँकी रहेको बताए । ‘अब रोकटोक हुने सम्भावना छैन उनले भने, सरकारी पहल हुन्छ र त्यो सफल पनि हुन्छ ।’  विश्व विद्यालयका रजिष्टार दीपक भण्डारीले विश्व विद्यालयको क्षेत्र विस्तारको लागि पनि रत्ननगरमा इन्जिनियरिङ कलेज सञ्चालन गर्न कुनै समस्या नहुने बताए । सञ्चालन गरिसकेपछि पछि भने अप्ठेरो पर्न सक्ने भन्दै  उनले यसका लागि अहिले नै आर्थिक तथा विद्यार्थीको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।  रत्ननगरका शिक्षा समितिका सदस्य तथा पहलकर्ता विष्णु प्रसाद शर्माले प्रशासनिक भवन बनाउँदै गर्ने र अहिले रहेको विद्यालयको संरचनामा कलेज सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । कार्यक्रममा उपमेयर विमला दुवाडी, विश्व विद्यालयका डिन दयाराज ढकाल, योजना महाशाखा प्रमुख डा.दीपकराज पौडेल लगायतको सहभागिता रहेको थियो ।

इन्जिनियरिङ कलेजको शुल्क विवाद, पढाइबाहेक अन्य शुल्क नलिन निर्देशन

ईश्वरराज ढकाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्थामा इन्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थीसँग पढाइ शुल्कबाहेक अन्य शुल्क नलिन निर्देशन दिएको छ । मन्त्रालयले बुधबार इन्जिनियरिङ कलेज सञ्चालकसँग छलफल गरी अन्य शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले सो विषयमा बिहीबार सात विश्वविद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको […]

नेपाल इन्जिनियरिङ कलेज विवाद, शिक्षा समितिले बनायो 'टास्क फोर्स'

काठमाडौं : संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजका स‌ंचालकको विवादले त्यहाँ अध्ययनरत विद्यार्थीको पढाइमा बाधा नपर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ। इन्जिनियरिङ कलेजमा दुई हजार २०० विद्यार्थी अध्ययनरत छन् भने स‌ं...

नेपालको इन्जिनियरिङ शिक्षा

हेर्दाहेर्दै नेपाल इन्जिनियरिङ कलेज (नेक) स्थापना भएको २४ वर्ष पूरा भई २५ औं वर्षमा प्रवेश गरेको छ । ‘नेपालमा गैरसरकारी क्षेत्रमा इन्जिनियरिङ शिक्षा सम्भव नै छैन’ भन्ने खालको धारणा नेपालका शिक्षाविद् तथा प्राविधिक विशेषज्ञहरूमाझ व्याप्त रहेको समयमा असम्भवलाई सम्भव पारेर देखाउने आँट सबभन्दा पहिले नेपाल इन्जिनियरिङ कलेज (नेक) का सात जना संस्थापकहरूले २०५१ सालमा गरे । त्यो आँटलाई मूर्त रूप दिने काम नेकलाई विश्वास गरी भर्ना हुन आउने पहिलो भर्ना ब्याचका विद्यार्थी रहे । नेकको भविष्यमा प्रश्नचिह्न लागेका बेला आफ्नो पेसालाई दाउमा राखी पढाउन आउने शिक्षक र शिक्षिकाले गरे ।

प्राविधिक–व्यावसायिक शिक्षाको अवस्था

नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम औपचारिक पद्धति एवं संगठनात्मक ढंगले विसं १९९९ मा प्राविधिक तालिम शिक्षालय (हालको पुल्चोक इन्जिनियरिङ कलेज) बाट सुरुवात भएको हो । क्रमशः मेकानिकल प्रशिक्षण केन्द्र र बुटवल टेक्निकल इन्स्टिच्युट २०१९ सालमा स्थापना भई प्राविधिक तथा व्यावसायिक तालिम प्रदान गर्दै आइरहेको सत्यतथ्य हाम्रा अगाडि सर्वविदितै छ ।

नेपाल इञ्जिनियरिङ कलेजको विवाद चर्कियो, कलेजमा तालाबन्दी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको विवादले नयाँ रूप लिएको छ । नेपाल इन्जिनियरिङ कलेज प्रालि खारेजी, कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन खारेजी र शिक्षा मत्रालयबाट लेटर अफ इन्टेन्ट रद्ध गर्ने विषयमा लिखित कागज गरेका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपानेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई सम्बन्धन खारेज नगर्न पत्राचार गरेपछि विवाद चर्किएको हो ।