इन्जिनियरिङ अध्ययनमा २५ वर्षे अनुभव बाँडिरहेको कसमस

सन् २००० ताका नेपालमा निजी कलेजको संख्या एकदमै कम थियो । उसमाथि इन्जिनियरिङ पढाउने कलेज तुलनात्मक रूपमा झन् थोरै थियो । आईओई अर्थात् इन्स्टिच्युट अफ इन्जिनियरिङले सीमित कोटामा मात्र भर्ना गर्दा विद्यार्थीहरूले देशबाहिरै गएर पढ्नुपर्ने बाध्यता थियो, जसका कारण भारतका विश्वविद्यालयमा समेत नेपाली विद्यार्थीको संख्या बढ्दो थियो ।सोही समस्या निराकरण...