नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी भइरहेको बताएका छन् । उनले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको र ऐन संशोधन गरेर अगाडि बढ्ने बताए ।