दुई वर्षमा विपन्नलाई र पाँच वर्षमा सबैलाई निःशुल्क स्वास्थ्य सेवा पुर्याइनेछ : मन्त्री बस्नेत

काठमाडौँ, १७ साउन । नेपाली कांग्रेसका जुझारु नेता मोहनबहादुर बस्नेत हाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मन्त्री हुनुहुन्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा पटकपटक निर्वाचित हुँदै आउनुभएका उहाँ विपद्मा होस् वा कुनै नागरिक अफ्ठ्यारोमा परेका बेला होस् कार्यस्थलमा रातदिन अरोरात्र खट्ने जनप्रेमी नेताका रुपमा परिचित हुनुहुन्छ । झन्डै २२ वर्षअघि स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका उहाँ हाल स्वास्थ्यमन्त्री हुनुभएको अढाई […]

सम्बन्धित सामग्री

अस्पताल निर्माण शुरू

बाँके । बाँकेको जानकी गाउँपालिकाले १५ शøयाको आधारभूत अस्पताल निर्माण शुरू गरेको छ । जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण शुरू गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए । मधेसी र मुस्लिम समुदायका नागरिकको बाहुल्य रहेको गाउँपालिकामा जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा लिन पाउने अधिकारको सुनिश्चितताका लागि अस्पताल निर्माण गर्न लागिएको उनले बताए । हरेक नागरिकलाई सुलभ र निःशुल्क स्वास्थ्य सेवा दिनु स्थानीय र संघीय सरकारको कर्तव्य भएकाले अस्पताल निर्माण गरिएको जानकारी दिँदै उनले अस्पतालबाट नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने आफूले विश्वास लिएको बताए । दुई वर्षमा १५ शøयाको आधारभूत अस्पताल निर्माण सम्पन्न गर्ने गरी यही माघ २३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उक्त अस्पताल निर्माणको जिम्मा भरतपुर चितवनको हिम सगरमाथा/अनक जेभीले पाएको छ । उनका अनुसार अस्पताल निर्माणका लागि गाउँपालिकाले १७ करोड ५४ लाखमा बोलपत्र खोलेकोमा सो निर्माण कम्पनीले करसहित ११ करोड ४४ लाखमा बोलपत्र पाएको हो । निर्माण कम्पनीका इन्जिनियर सुनील पोखरेलले सम्झौता समयावधिभन्दा अगावै निर्माण सम्पन्न गरिने बताए । अस्पताल निर्माण भएसँगै जानकी गाउँपालिकावासी स्वास्थ्य सेवा लिन बाहिर जानु नपर्ने गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले बताए । प्राथमिक स्वास्थ्य उपचारका लागि अहिले गाउँपालिकाका ६ ओटै वडामा स्वास्थ्य चौकी सञ्चालनमा रहे पनि थप उपचारका लागि नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । रासस